राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

१५ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्काे कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी..

मन्त्री भगवती चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट

१५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देशबिचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षबिच कुराकानी भएको छ । भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबिचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको..

प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाए

१५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । १८ चैत अर्थात आइतबार बिहान बस्ने गरी प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो । प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार डाकेका थिए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच संवैधानिक परिषद् बैठकबारे..

कांग्रेस महामन्त्री गगन थापाले आजदेखि पुनः सुरु गरे ‘संवाद यात्रा’

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु गरेका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट सुरु गरेका हुन् । १३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो । स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री..

अर्थमन्त्रालयको महाशाखामा जिम्मेवारी हेरफेर

१४ चैत । अर्थमन्त्रालयको शक्तिशाली मानिने तीन महाशाखामा जिम्मेवारी हेरफेर भएको छ । बजेट निर्माण प्रक्रिया सुरू हुँदै गर्दा अर्थमन्त्री वर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन् । यस्तै बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखको जिम्मेवारी दिइएको छ । अनुगमन मूल्यांकन महाशाखाका धनिराम शर्मालाई राजस्व व्यवस्थापन महाशाखा पठाइएको छ । बजेट लेखनमा यी तीन महाशाखाको भूमिका प्रमुख मानिन्छ । अन्य महाशाखाका प्रमुख..

मन्त्रालयले माग्यो क्यान र एन्फाको कागजात

१४ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा)का कागजातहरूको प्रतिलिपी उपलब्ध गराइदिन पत्र काटेको छ। मन्त्रालयले मंगलबार दुई संघको कागजात उपलब्ध गराइदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई उक्त पत्र काटेको हो। क्रिकेट र फुटबल खेलबाट नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय ख्याती प्राप्त गर्दै आइरहेको विषयमा आम जनता तथा खेलप्रेमीहरूको व्यापक समर्थन र चासो रहँदै आइरहेको कुरा यहाँमा बिदितै छ। उक्त खेलहरूको विकासको लागि..

धनगढीका मेयर गोपाल हमालकी छोरी आरती सम्पर्कमा

१४ चैत । सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् । भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् । उनले भनिन, ‘छोरी गोवामै रहेछ । एक विदेशी केटीले फोटो..

विश्वकप छनोटः दोस्रो खेलमा पनि नेपाल बहराइनसँग ३–० ले पराजित

१४ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको हो । छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले..

दोस्रो टी२० खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ७१ रनले विजयी

१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड..

इलाम २ को उपचुनावमा मिलन लिम्बूलाई उठाउने ‘रास्वपा’को तयारी

१३ चैत । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ को उपचुनावमा मिलन लिम्बूलाई उठाउने तयारी गरेको छ। स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा खटिइसकेका मिलनलाई रास्वपाले आफ्नो दलमा ल्याउने भएको हो। माओवादी त्यागेर गत चैत ४ गते मिलनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि रिक्त सो क्षेत्रमा रास्वपाले पनि पहिचान पक्षधर भनेर चिनिएका मिलनलाई अघि सार्ने..