सुहाङ नेम्बाङ भन्छन्- ०८४ मा भोट माग्नै नपर्ने गरी काम गर्नेछु

१८ वैशाख । इलाम २ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् । निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम २ मा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले इमान्दार भएर जनताको पक्षमा काम गर्ने बताएका हुन् । ‘म कसैलाई गाली गर्नेछैन । कसैलाई गलत भन्ने छैन । अरुलाई नराम्रो नदेखाइ आफूले राम्रो काम गर्नेछु,’ उनले भने, ‘०८४ को चुनावमा भोट..

इलामको विजय सभालाई ओलीले सम्बोधन गर्ने

१८ वैशाख। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि नेकपा एमालेले आज विजय सभा आयोजना गर्दै छ । विजय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने छन् । विजय सभा दिउँसो १ बजे आयोजना हुने र पार्टी अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्ने नेकपा एमाले इलामका सचिव उमेश गुरुङले बताए । गत वैशाख १५ गते भएको उपनिर्वाचनको मत गणना मंगलबार बिहानपख सकिएको थियो ।..

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

१८ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो..

बझाङमा एमालेका दमन भण्डारी निर्वाचित

१७ बैशाख । बझाङ प्रदेश सभा (१)मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी निर्वाचित भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष हुन् । ११ हजार ६ सय १२ मत पाएका भण्डारी दुई सय ६६ मतअन्तरले निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अभिषेक सिंहले ११ हजार ३ सय ४६ मत पाएका छन् । अभिषेक गत बर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वीबहादुर सिंहका छोरा हुन् । यस्तै नेकपा (माओवादी केन्द्र) का जनकबहादुर..

लगानी सम्मेलन सफल भयो- अर्थमन्त्री पुन

१७ बैशाख । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रूपमा सफल भएको बताएका छन् । सोमबार बिहान सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा मन्त्री पुनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको बताए । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको..

कृषि वस्तु आफै उत्पादन गरी नगरबासीको माग धान्ने कनकाई नगरको लक्ष्य

१७ बैशाख, झापा । झापाको कनकाई नगरपालिकाले कृषि उत्पादन, बजारीकरण र पराम्परागत कृषि वस्तुको उत्पादनलाई विशेष प्राथमिकता दिइरहेको छ । बाहिरबाट आयात हुने कृषि वस्तु आफै उत्पादन गरेर नगरबासीको माग धान्ने योजना कनकाईको छ । बाहिरबाट आयात हुने कृषि वस्तु प्रतिस्थापन गर्दै जाने र अर्गानिक उत्पादनलाई जोड दिने कनकाई नगरपालिकाको लक्ष्य रहेको कृषि शाखा प्रमुख यदु उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार ३÷४ वर्ष यता कनकाईको कृषि क्षेत्रले विषादि रहित..

इलाम–२ उपनिर्वाचन- सुहाङलाई तीन हजार बढीको अग्रता

१७ बैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजारभन्दा बढी पुर्‍याएका छन् । सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३ हजार ७ सय ३४ मतले अगाडि छन्। सुहाङले ११ हजार ९ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार २ सय ७५  मतसहित पछ्याइरहेका छन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ८ सय ६९ मतसहित..

तेस्रो लगानी सम्मेलनः उद्घाटनमै भए दुई सम्झौता

१६ बैशाख । तेस्रो लगानी सम्मेलनका दौरान दुई सम्झौता भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्विपक्षीय सम्झौता भएको हो । सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले हस्ताक्षर गरेका हुन् । यसै गरी आइतबार नै डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच..

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

१६ बैशाख । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले नटआउट रहँदै ७१ रन बनाए । उनले ४८ बलमा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै गुल्सन झाले २६ रन तथा लोकेश..

देउवा भन्छन्- विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छ

१६ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन्। आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनीले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न..