मुख्य समाचार
सुनकोशी–मरिण डाइभर्सन आयोजनाका बाँकी काम निर्धारित समयमै सक्न प्रधानमन्त्रीले दिए निर्देशन
२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ ब्रेक थ्रुलाई प्रत्यक्ष अवलोकन गर्न सिन्धुली पुगेका प्रधानमन्त्री प्रचण्डले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्ने गरी काम गर्न सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका हुन् । आज प्रधानमन्त्री, मन्त्री लगायतको उपस्थितिमा आज बिहान साढे १० बजे सुरुङ ब्रेक थ्रु गर्ने तयारी छ..
नेपाललाई विश्व बैंकद्वरा १० अर्ब ६९ करोड ऋण स्वीकृत
२५ बैशाख । विश्व बैंकले नेपालका लागि थप ८ करोड (१० अर्ब ६९ करोड रुपैयाँ) अमेरिकी डलर बराबरको विकास नीति ऋण स्वीकृति गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व बढाउन, वित्तीय साधनको विविधीकरण र वित्तीय सेवामा पहुँच बढाउन यो सहायता प्रयोग गरिने भएको छ । यो सहायता परिचलानबाट नेपालको बैंकिङ तथा बीमा क्षेत्रको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । महिला उद्यमीलाई केन्द्रित गर्दै प्रविधि..
चिसोपानी पञ्चमी बजारमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
२५ बैशाख, माङसेबुङ । इलामको माङसेबुङ ६ स्थित चिसोपानी पञ्चमी बजारमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसोपानी पञ्चमी शाखा सहित एञ्जल फाउण्डेशन उर्लावारी र जीवन विकास पब्लिक हेल्थ सेन्टर कटहरिको संयुक्त आयोजनामा वैशाख २८ गते शुक्रवार शिविर सञ्चालन हुने भएको हो । शिविरमा सुगर, प्रेसर, दम, ग्याष्ट्रिक, पायल्स, फिस्टुला लगायतका विभिन्न रोगहरुको जाँच तथा उपचार सेवा रहेको जीवन विकास पञ्चमी..
करेण्ट लागेर शिवसताक्षीमा १८ महिने बालकको मृत्यु
२५ बैशाख, शिवसताक्षी। झापाको शिवसताक्षीमा करेण्ट लागेर १८ महिनाको बालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको मृत्यु भएको हो। सोमबार दिउँसो खेल्ने क्रममा चलिरहेको पानी तान्ने मोटर छुँदा करेण्ट लागेर गम्भीर घाइते भएका थिए। बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए। शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको उनले..
उपचुनावको नतिजा मिसन ०८४ को सफलताको संकेत होः ओली
२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजा मिसन ०८४ को सफलताको संकेतको रुपमा भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेको स्मरण गरे । १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनाव एमालेले जितेको थियो । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘उपचुनावको जतिजा..
असोक राईको नेतृत्वमा पार्टी विभाजनका लागि दिइएको निवेदन अवैधानिक छः मनीष सुमन
२४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको छ । आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो । जसपा प्रवक्ता मनीषकुमार सुमनले आज विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् । ‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै..
संसदमा हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बनेः केपी ओली
२४ वैशाख, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अङ्कगणितको कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन् । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेको बताए । उनले भने– अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन्। बहुमत कसैको छैन । यसलाई मिलाऊ कि..
वेस्टइन्डिज ‘ए’सँग नेपाल ७६ रनले पराजित
१९ बैशाख । नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २–१ को अग्रता लिएको छ । जोनसनको शतकमा २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए..
प्रधानमन्त्री प्रचण्ड भन्छन्- युवालाई देशमै रोजगारी दिन सरकार क्रियाशील छ
१९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील रहेको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेसमेत बताएका छन् । ‘नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन..
ओलीले भने- कोशी साझा नाम हो, भुलभुलैयामा नपर्नुस्
१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भएको बताएका छन् । इलाम २ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न आग्रह गरेका हुन् । ‘हामी कयौं जात, कयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ,’ ओलीले भने, ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’ ओलीले कोशी..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७