माधव नेपाल भन्छन्- नेकपा एसलाई कमजोर ठाने देशमा अर्काे उथलपुथल हुन्छ

  ८ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृहजिल्ला रौतहटमा रहेका नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्काे उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए । आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी..

सुनकोसी-मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा

८ वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक..

सगरमाथा आरोहण गर्नेबाट ५० करोड भन्दा बढी राजस्व सङ्कलन

८ वैशाख । वसन्तयाममा सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्नेबाट ५० करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार ३९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा उत्साहवद्र्धक रुपमा आरोही आइरहेको बताए । उनका अनुसार सगरमाथा आरोहीबाट..

एसिया कप खेल्ने नेपालको सम्भावना समाप्त

७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो। नेपालका..

ऋणभन्दा राजस्व बढाउन नेपाललाई आईएमएफको सुझाव

७ वैशाख । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपाललाई ऋणभन्दा राजस्व बढाउन सुझाव दिएको छ । नेपालको ऋणको तह माथि नभए पनि पछिल्लो समय यो तीव्र रुपमा बढिरहनु चिन्ताको विषय भएको आईएमएफले जनाएको छ । ‘पछिल्ला दिनमा ऋण बढेको मात्रै छैन । सरकारले त्यसमा उच्च ब्याज तिर्नुपरेको छ । त्यो चिन्ताको विषय हो’, आईएमएफका एसिया प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले भने । नेपाल मात्रै नभएर अन्य न्यून आय भएका मुलुकमा यो समस्या..

जाजरकोट भूकम्प पीडित सहायता कोषमा ३६ करोड ३६ लाख जम्मा

६ बैशाख । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा ३६ करोड ३६ लाख ७७ हजार ११० रुपैयाँ जम्मा भएको छ । ०८० कार्तिक १८ गतेदेखि हालसम्म उक्त रकम कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितलाई सहायता उपलब्ध गराउन कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार..

आजदेखि भिटामिन ए खुवाइँदै

६ वैशाख । आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।

अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अर्थमन्त्री पुनको अपिल

५ बैशाख । अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् । अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग वासिङटन डिसीमा गएराति भएको अन्तरक्रियामा (नेपाली समयअनुसार) मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे । भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो..

सुहाङ भन्छन्- ‘बुबाले गर्न नसकेका र देखेका सपना पुरा गर्नु छ’

५ बैशाख । नेकपा एमाले र माओवादीका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुहाङ नेम्बाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् । उनले इलाम क्षेत्र नम्बर २ अन्तर्गत इलामको मङ्गलबारेमा भएको कार्यक्रममा अहिले देश समृद्धिको बाटो हिँडेको भन्दै यो बेला सामाजिक सम्बन्धमा खलल पुग्ने बाटोमा लाग्न नहुने बताए । सुहाङले इन्द्रेणी सप्त रङ्ग भएकाले राम्रो भएको भन्दै हाम्रो समाज पनि इन्द्रेणी जस्तै सुन्दर भएको..

ओलीले भने, ‘नयाँ र स्वतन्त्रको नारा लिएर आउनेसँग जनता अल्मलिरहेका छन्’

५ बैशाख, झापा । नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले एमाले जडसूत्रवादी नभएर सृजनात्मक सोचको पार्टी रहेको बताएका छन् । नेकपा एमाले झापाको ११ औ जिल्ला अधिवेशनबाट गठन भएको समितिको सुरुङ्गा जेसीजको सभाहलमा आयोजित पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । एमाले झापा अध्यक्ष प्रेम गिरीको सभापतित्वमा सम्पन्न बैठकमा ओलीले एमाले नेता तथा कार्यकर्ताले राजनीतिक, सङ्गठनात्मक, वैचारिक र आर्थिक काम सँगसँगै गर्नुपर्ने..