ठेकेदार कम्पनीलाई पोस्ने निणर्य गरिएको भन्दै माङसेबुङमा विरोध सुरु

ठेकेदार कम्पनीलाई पोस्ने निणर्य गरिएको भन्दै माङसेबुङमा विरोध सुरु

५ जेठ । गाउँपालिकाले ठेकेदार कम्पनीलाई पोस्ने गरी निणर्य गरिएको भन्दै इलामको माङसेबुङ गाउँपालिकामा विरोध सुरु भएको छ । गाउँसभाबाटै ठेकेदार कम्पनीलाई पोस्ने खालको निणर्य भएको भन्दै एक वडाअध्यक्षले लिखित रुपमा असहमति जनाएपछि सो निणर्य सार्वजनिक भएको हो ।

ठेक्का सम्झौताभित्र पर्ने सामग्री ढुवानी भाडाका लागि गाउँसभाबाट रकम विनियोजन भएपछि ३ नं. वडा अध्यक्ष लक्षुमन राई जनमले असहमति जनाउनुभएको हो । माङसेबुङ गाउँपालिकासहित इलाम र पाँचथरमा पूर्ण विद्युतीकरणको ठेक्का पारेको भगवती रेनु जेभीलाई सहयोग पुग्ने गरी माङसेबुङ गाउँपालिकाले बजेट विनियोजन गरेपछि विरोध सुरु भएको हो ।

गत चैत २६ गते सम्मपन्न माङसेबुङ गाउँपालिकाको हिउँदे गाउँसभाले पूर्ण विद्युतीकरण अन्तर्गत सामग्री ढुवानीका लागि गाडी भाडा शिर्षकमा रु १० लाख बजेट विनियोजन गरेको थियो । जबकि, पूर्ण विद्युतीकरणका लागि पोल गाड्न, तार तान्न र ढुवानीसहित सम्पूर्ण कामका लागि भगवती रेनु जेभीले ठेक्का सम्झौता गरेको छ ।

यसरी ठेक्का सम्झौताभित्र पर्ने कामको रकम गाउँपालिकाबाट विनियोजन गर्ने गाउँसभाको निणर्य हुनु दुःखद रहेको ३ नं. वडा अध्यक्ष राईले बताए । ‘पूर्ण विद्युतीकरणको काम गर्दै आएको ठेकेदार कम्पनीले व्यहोर्नुपर्ने खर्च गाउँपालिकाबाट विनियोजन गर्ने प्रस्ताव पहिलो दिनको कार्यपालिका बैठकमा आएपछि मैले असहमति जनाएको थिएँ, समय अभावमा भोलिपल्ट बस्ने गरी स्थगित गरियो,’ वडा अध्यक्ष राईले भने, ‘तर भोलिपल्ट बैठक नबसी सिधै गाउँसभामा प्रवेश गराईयो र पारित गराइयो, यो सरासर गलत भएको छ ।’

यता माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले काम चाँडो गराउनका लागि यसअघि विभिन्न समयमा सामग्री ढुवानी गर्न प्रयोग गरिएको गाडी भाडा तिर्नका लागि बजेट विनियोजन गरिएको बताए । ‘ठेकेदार कम्पनीलाई पर्खिदाँ काम साह्रै ढिलो हुने भयो, यहाँका जनताका लागि चाँडो काम गर्न आफैं सामग्री ढुवानी गरिएको थियो, त्यसैका लागि बजेट विनियोजन गरिएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यो गाउँसभाले गरेको निणर्य हो ।’

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले गाडी भाडाका लागि गाउँसभाबाट बजेट विनियोजन भएको सत्य रहेको उल्लेख गर्दै सामग्री ढुवानीप्रति भने आफू अनविज्ञ रहेको बताए । ‘गाउँसभाले विद्युतीकरणको सामग्री ढुवानीको खर्च व्यवस्थापनका लागि गाडी भाडा शिर्षकका लागि रु १० लाख छुट्याएको साँचो हो, तर सामग्री ढुवानीको प्रक्रियाका बारेमा म अनविज्ञ छु’ उनले भने ।

उता ठेकेदार कम्पनीले भने गाउँपालिकाले भाडाका लागि बजेट बिनियोजन गरेको सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको बताएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि लोकेश अग्रीले आफूहरुलेसबै कामको एकमुष्ठ सम्झौता गरेकाले सबै खर्च आफैं व्यहोर्ने र कसैलाई खर्चको व्ययभार नबोकाउने बताए । ‘ढुवानीदेखि पोल गाड्ने, तार तान्नेलगायत सबै कामको खर्च हामी आफैं व्यहोर्छाैं, पालिकाको निणर्यबारे जानकारी छैन’ अग्रीले भने, ‘जनशक्ति जहाँको प्रयोग भएपनि सबै हामीले नै व्यहोर्ने हो ।’

नेपाल विद्युत प्राधिकरण इलामका प्रमुख विजुलीप्रसाद यादवले ठेकेदारले सामान आफैं ढुवानी गरिरहेको बताए । ‘ठेकेदारले नै सबै सामग्री आफैं ल्याइरहेको छ, कहिँपनि रकम मागेको थाहा छैन,’ उनले भने, ‘माङसेबुङ मात्र होइन इलाम र पाँचथरका अन्य पालिकामा समेत ढुवानी आफैं गरिरहेको छ, सबै उसले ठेक्का हालेको हुनाले उसैले गर्छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270