मुख्य समाचार
पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय
१४ बैशाख । अहिले कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत रौतहटले बिहिवार उनलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा..
उपनिर्वाचनका दिन इलाम २ मा यातायात बन्द
१३ बैशाख । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो । विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ । संचारकर्मीहरुका हकमा आफू कार्यरत संचारमाध्यमको सिफारिस, संचारमाध्यमको परिचय पत्र, सवारी साधनको..
उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
१३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (वैशाख १५) को प्रतिनिधिसभा र प्रदेशसभा उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।
उपनिर्वाचनको मौन अवधि सुरु
१३ बैशाख । वैशाख १५ गते हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार मध्यरातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले..
ओली भन्छन्- सुहाङ्ग विजयी हुने निश्चित छ
१२ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले अगाडि सारेको, माओवादी केन्द्र नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ्ग विजयी हुने निश्चित भएको बताए । उनले इलामेली जनताको आत्मविश्वासले सुहाङ्गले जित्ने पक्का भएको बताए। ४८ र ५१ सालमा एमालेले चुनाव लडेजस्तो समय नभएको उल्लेख गर्दै उनले भने, ‘कम्युनिस्टले चुनाव जित्यो भने ६० वर्ष माथिकालाई गोली हानेर मार्छन् भनेर प्रचार गर्थे तर एमालेले जितेपछि..
बुबाले देखाएको बाटाेबाट विचल्लित नहुने सुहाङको प्रतिवद्धता
१२ बैशाख । इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले गल्ति कमजोरीहरुलाई केलाउँदै इलामको विकासका लागि अगाडि बढ्नु पर्ने बताएका छन् । उनले वाम गठबन्धन सरकारले गर्न थालेका कामले पूर्णता दिलाउन सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नु पर्ने बताए । इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाउनु भएको बाटोबाट आफू कतै विचलित नहुने बताए । उनले भने, ‘उहाँले देखाउनुभएको उज्यालोको..
मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई रवि लामिछानेको चेतावनी
१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका छन्। वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । गृहमन्त्री लामिछानेले इलाममा भएको चुनावी सभामा मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई चेतावनी दिए । ‘मौन अवधि भनेको मनि अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला,’ गृहमन्त्री लामिछानेले भने,‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि..
स्वदेश फर्किए कतारी राजा
१२ वैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए..
नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
१२ वैशाख, काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र..
कतारी राजा भन्छन्- कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च छ
१२ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७