इलामको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी प्रशोधन गरिँदै

४ चैत्र, इलाम । इलामको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी संकलन गरी प्रशोधन गरिँदैछ । रोङ गाउँपालिका–३ स्थित मन्दिरमा रहेको सुन र चाँदी केही दिनअघि गाउँपालिका कार्यालयमै संकलन गरिएको थियो । विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी गराइ गरिएको संकलनमा प्रशोधन गर्नुअघि १३.४५ तोला सुन र ६०९.५७ तोला चाँदीको तौल यकिन गरिएको रोङ गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले गाउँपालिकाले मन्दिरको व्यवस्थापन जिम्मा लिएपछिको मात्रै सुन–चाँदीको हिसाब–किताब आएको..

इलाम २ मा एमालेको ३ दशकयताको विरासत जोगाउन सुहाङ सफल

इलाम । इलाम क्षेत्र २ मा नेकपा (एमाले) आफ्नो ३ दशकयताको विरासत जोगाउन सफल भएको छ । एमालेका युवा केन्द्रीय सदस्य सुहाङ नेम्बाङ यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । भर्खरै सकिएको मतगणनामा नेम्बाङ २२ हजार ४ सय २६ मतसहित विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यको १४ हजार ६ सय ५० मत आचार्यको मत आएको छ । श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४..

आठ महिनामा दुई अर्ब ७० करोड ५८ लाख राजस्व सङ्कलन

१ चौत्र, झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८० दशमलव ४३ प्रतिशत हो । कार्यालयका प्रमुख करअधिकृत गोपालबहादुर थापाका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु तीन अर्ब ३६ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । फागुनमा मात्र रु..

निर्वाचन गराउन साइपाल लागे कर्मचारी, तीन दिनसम्म पैदल यात्रा

बझाङ । दुर्गम हिमाली जिल्ला बझाङको साइपाल गाउँपालिका अन्तर्गतका मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी निर्वाचन सामग्री बोकेर तीन दिनसम्म पैदल हिँड्दै कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार शनिबार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीले सदरमुकाम चैनपुरबाट निर्वाचन सामग्री बुझेर यात्रा सुरु गरेका हुन्। मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले दुर्गम भौगोलिक अवस्थाका कारण सम्बन्धित मतदान केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल..

१६ महिनापछि फेरि भोट माग्दै- व्यक्तिगत शालीनताले मतदाताको मन जित्न खोज्दै सुहाङ

इलाम । चुलाचुली-५ पोखरी डाँडाका दिलिपकुमार दियाली पत्नी कल्पनासहित सोमबार बिहान खेतमा मकै छर्दै थिए । झापाको दमकसँग जोडिएको चुलाचुलीको यो क्षेत्र सुख्खाग्रस्त भूमि हो, सिंचाइका कारण अहिले हराभरा भएको छ । सुख्खायाममा मरूभूमि जस्तो हुने यो क्षेत्रमा टाढाबाट सिँचाइ कुलो आएपछि जीवनस्तर सुधारिएको स्थानीयको भनाइ छ । ‘यो क्षेत्रमा भएको विकासले हामी सुवास नेम्वाङलाई सम्झिन्छौं, सुवास नेम्वाङको निधन भएपछि उनका छोरा हाम्रो ठाउँको सांसद बने । सुहाङ पनि बाउ जस्तै..

आत्मसमीक्षा सहित सुहाङको प्रतिबद्धता: इलामको ‘ग्लोबल ब्राण्डिङ’ देखी किरात भाषा संरक्षणसम्म

१२ फागुन, इलाम। प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले आफ्नो विस्तृत चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। सार्वजनिक जीवनमा बढेका अपेक्षा र विगतका अपूर्णताहरूबारे आत्मसमीक्षा गर्दै उनले अब परिणाममुखी काम, प्रत्यक्ष जनसंवाद र जवाफदेहितालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रतिबद्धता पत्रमा उनले इलामसहित पूर्वी पहाडको समग्र विकासका लागि भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा–स्वास्थ्य सुधार, युवालाई रोजगारी, वातावरण संरक्षण र..

आँगनमा पुगेको कालोपत्रेमा उभिएर अहिलेसम्म के भयो भन्छन्- ओली

११ फागुन, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ कहीँ उभिएर वरपरि हेर्दा त्यहाँ एमालेले गरेको विकास देखिने बताएका छन्। सोमबार दमकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्‍यक्ष ओलीले एमालेले एक ठाउँमा गएर अर्को ठाउँमा गरेको विकास सुनाउन नपर्ने बताएका हुन्। 'जहाँ उभियौं त्यहाँबाट वरिपरि हेरियो भने एमालेले गरेको विकास देखिन्छ। विकास हाँक्ने र विकास गर्ने पार्टी एमाले हो भनेर सबैलाई थाहा छ,' उनले भने। तर मानिसहरू विकास भएको..

माङसेबुङ गाउँपालिका उपाध्यक्ष नेम्वाङ सहित ४ सय जना एमाले प्रवेश

६ फागुन, इलाम । इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । मंगलबार माङसेबुङ गाउँपालिका–६ चिसोपानी पञ्चमी बजारमा आयोजित एमालेको चुनावी भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनी औपचारिक रूपमा एमालेमा सामेल भएका हुन् । पार्टी प्रवेश कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य तथा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुहाङ नेम्बाङलगायत नेताहरूले नेम्बाङलाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा..

कांग्रेसबाट निर्वाचित माईजोगमाई–३ का वडाध्यक्ष राम घिमिरे एमालेमा प्रवेश

इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ बाट निर्वाचित वडाध्यक्ष राम घिमिरे नेकपा (एमाले) मा प्रवेश गरेका छन्। दमकमा आयोजित एक कार्यक्रमबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा ओलीले घिमिरेको सक्रियता र स्थानीय तहमा गरेको कार्यप्रति प्रशंसा गर्दै एमालेमा उनको भूमिकाले संगठन सुदृढीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे। घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा ८६५ मत प्राप्त गर्दै माईजोगमाई गाउँपालिका–३ का वडाध्यक्षमा निर्वाचित भएका..

कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो

इलाम । इलामको सूर्याेदय नगरपालिका आर्थिक वर्ष २०८१र०८२ को कार्य सम्पादन मूल्यांकनमा जिल्लाका १० पालिकामध्ये पहिलो भएको छ । ७२ दशमलब ८७ अंकसहित सूर्याेदय पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोजले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार इलाम नगरपालिका ७२.०९ अंकसहित दोस्रो र सन्दकपुर गाउँपालिका ७०.५६ अंकसहित तेस्रो भएका छन् । देउमाईले ६५.३५, माई नगरले ५५.८२, चुलाचुली गाउँपालिकाले ५५.३५, माइजोगमाई गाउँपालिकाले ५१.४६ अंक पाएका छन् । त्यस्तै,..