१२ दिनपछि खुल्‍यो इलामको तिल्केनी–सिमलगोलाई सडक

इलाम । मेची राजमार्गको विकल्पका रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । सो सडकखण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेसँगै यो सडक सञ्चालनमा आएको हो । उक्त सडकमार्फत बुधबार साँझदेखि साना सवारीसाधन सञ्चालन सुरु भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । ‘ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट विच्छ्याएर जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको छ,’ उनले भने, ‘आज..

इलामका बाढीपीडितलाई मन्त्री घिसिङले गरे राहत वितरण, भोलिसम्म सडक खुलाउन निर्देशन

इलाम । भौतिक योजना तथा पुनर्निर्माणमन्त्री कुलमान घिसिङले इलामका बाढीपीडितहरूको अवस्था बुझ्दै भोलिसम्म सडक सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै तत्काल सडक खुलाउन र विद्युत् आपूर्ति गर्न निर्देशन दिएका हुन् । मेची राजमार्गअन्तर्गतको राजदुवाली खण्ड अहिलेसम्म अवरुद्ध छ। मिल गोलाइ भने सञ्चालन भइसकेको छ । शनिबार इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्दै..

थरीथरीका जेनजी : रोडम्याप अस्पष्ट

काठमाडौँ । भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलित जेनजी समूहभित्र अहिलेको परिस्थितिबाट देशलाई निकास दिने रोडम्यापबारे मतैक्यता देखिएको छैन । आन्दोलन सफल भएर अन्तरिम सरकार गठन र प्रतिनिधि सभा निर्वाचनको घोषणा भइसकेको अवस्थामा जेनजीभित्र विभिन्न समूह फरक–फरक रोडम्यापसहित अघि बढ्न खोजेको देखिन्छ । जेनजी प्रतिनिधिको रूपमा पछिल्लो समय देखा परेका अनुहारमध्ये कतिपयले यही संविधान अनुसार हुने निर्वाचनले जेनजी पुस्ताको माग र आकाङ्क्षा सम्बोधन नगर्ने तर्क गरिरहेका छन् भने कतिपयले..

कोशी प्रदेश सरकारले इलामका पहिरो प्रभावितलाई पठायो राहत सामग्री

विराटनगर । कोशी प्रदेश सरकारले सबैभन्दा बढी जनधनको क्षति भएको जिल्ला इलाममा राहत सामग्री पठाएको छ । पहिरोबाट विस्थापित परिवारका लागि अत्यावश्यक सामग्रीहरू तत्कालका लागि हेलिकप्टरमार्फत प्रदेश सरकारले पठाएको हो । जिल्लाको माङसेबुङ गाउँपालिका र इलाम नगरपालिकामा पहिलो चरणमा राहत सामग्री पठाएको हो । विस्थापित परिवारको तथ्यांक संकलन भइरहेकाले क्रमिक रूपमा राहत सामग्री पठाउने प्रदेश सरकारले जनाएको छ । यातायात अवरूद्ध हुँदा सबै ठाउँका प्रभावितहरूको तथ्यांक संकलन गर्न बिलम्व भइरहेको..

राहतको पोको खोल्दै कोशी सरकार, केन्द्रको मुख नताक्ने

विराटनगर । कोशी प्रदेश सरकारले विपद्का लागि राखेको राहत सामाग्री पर्याप्त रहेको जनाएको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको टोलीले सोमबार राहत सामाग्री राखेको विराटनगर भन्सार कार्यालयको गोदाम र सुनसरीको इनरुवामा राखेको गोदामको अवलोकन गरेका छन् । त्यसपछि सामान्य प्रतिक्रिया दिँदै उनले राहत सामाग्री पर्याप्त रहेको र मंगलबारसम्ममा सबै प्रभावित जिल्लाहरूमा पठाइने बताएका छन् । ‘हालको अवस्थामा पीडितहरूका लागि राहत सामग्री पर्याप्त रहेको छ,’..

दुई दिनको विपदमा ४८ जनाको ज्यान गयो , इलाममा मात्र ३७ जनाको मृत्यु

इलाम । असोज १७ देखि परेको अविरल वर्षाले देशभर ठुलो मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बेलुकी ५ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार ४८ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन् । मृतकमध्ये इलाममा मात्र ३७ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २, पाँचथरमा १, कञ्चनपुरमा १, खोटाङमा १, मोरङमा १, सुनसरीमा १ र उदयपुरमा १ जनाको मृत्यु भएको..

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

इलाम । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा हो । बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा..

बाढीले इलामका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द, ५ वटामा क्षति (सूचीसहित)

काठमाडौं । इलाममा सञ्चालनमा रहेका १३ जलविद्युत आयोजनको उत्पादन बन्द भएको छ । हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका आयोजना बन्द भएका हुन् । इप्पानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द रहेका छन् । निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ आयोजनामा बाढीले क्षति पुर्‍याएको छ । इलामकै निर्माणाधीन सिद्दीखोला हाइड्रोपावरमा पनि बाढीले क्षति पुगेको छ । यो आयोजनाको १० दिनमा हुने भनेको सीओडी अनिश्चत..

अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ..

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, उपमहासचिव भन्छन्- सम्भवतः चाँडै हामी महाधिवेशन गर्दै छौँ

काठमाडौं । नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आज गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ । ‘सम्भवतः हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दै छौँ । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’..