चुलाचुली गाउँपालिकाले पशु विकासमा ४९ लाख ५२ हजार लगानी, हजारौँ पशुपालक र पशुपन्छी लाभान्वित

चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा पशुपालन व्यवसायलाई उत्पादनमुखी, व्यावसायिक तथा रोगमुक्त बनाउने उद्देश्यले ४९ लाख ५२ हजार ८५० बराबरका विभिन्न कार्यक्रम सञ्चालन गरी उल्लेखनीय उपलब्धि हासिल गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले उपलब्ध गराएको असार १९ गतेसम्मको वार्षिक प्रगति विवरणअनुसार पशु नश्ल सुधार, पशु स्वास्थ्य, रोग नियन्त्रण, पशु आहारा विकास, खोप अभियान, दुग्धजन्य उत्पादन प्रवर्द्धन तथा प्राविधिक क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिएका छन् । पशु..

चुलाचुली गाउँपालिकाको प्रेस विज्ञप्तिप्रति पत्रकार महासंघको आपत्ति

१८ असार, इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाले चुलाचुली गाउँपालिकाले सार्वजनिकस्थलमा पत्रकारहरूलाई रिपोर्टिङ गर्न बन्देज लगाउने गरी जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।चुलाचुली गाउँपालिकाले जारी गरेको विज्ञप्तिले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता तथा सूचनाको हकसम्बन्धी ऐन–२०६४ ले प्रत्याभूत गरेको पत्रकारको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै महासंघले आज असार १७ गते एक बिज्ञपति मार्फत आपत्ती जनाएको हो । सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने र..

उत्तरदायी स्थानीय सरकारका लागि सोमबार समाल्बुङमा सार्वजनिक सुनुवाइ गर्दै सूर्योदय नगरपालिका

इलाम । इलामको सूर्याेदय नगरपालिकाले असार १६ गते सोमबार ५ नं. वडा कार्यालय समाल्बुङमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दैछ । स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले वडा कार्यालयको प्राङ्गणमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । सूर्याेदय नगरपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिका, विषयगत शाखा तथा वडा कार्यालयबाट आर्थिक वर्ष २०८२/०८३ को अन्तिम चौमासिकमा सञ्चालन..

चुलाचुली गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने

इलाम ।  इलामको चुलाचुली गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८३र०८४ देखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । लिम्बू भाषीको बाहुल्यता रहेको चुलाचुलीले बहुसंख्यक स्थानीय मातृभाषाको सम्मान गर्दै आउँदो वर्षदेखि सरकारी कामकाजको भाषा लागू गर्ने भएको छ । चुलाचुली गाउँसभाको १८ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आउँदो आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्बू भाषालाई पालिकाभरी सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव पेश गरेका थिए..

माङसेबुङमा पहिलोपटक ‘मुन्दुम पाठशाला’ स्थापना गरिने

११ असार, इलाम । किरात राई समुदायको मौलिक सभ्यता, संस्कृति, भाषा तथा मुन्दुमको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले पहिलोपटक ‘मुन्दुम पाठशाला’ स्थापना गर्ने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उक्त योजना समावेश गर्दै पाठशाला सञ्चालनको घोषणा गरेको हो। गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत किरात समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार तथा सांस्कृतिक परम्परालाई व्यवस्थित रूपमा नयाँ पुस्तामा हस्तान्तरण..

दमक–चिसापानी सडक मर्मतमा तीन पालिकाको सहकार्य

५ असार, इलाम । दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) को मर्मतका लागि तीन स्थानिय तह सहकार्यमा जुटेका छन । माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाको संयुक्त बैठकले सडकको तत्काल मर्मत गर्ने निर्णय गर्दै त्यसका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तीन स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागितामा सम्पन्न संयुक्त बैठकले दमक–चिसापानी सडकको वर्तमान अवस्था सुधार गर्न तत्काल मर्मत सम्भारको काम अघि बढाउने निर्णय गरेको हो । बैठकले सडकको..

पन्चकन्या आ.वि.को ब्यवस्थापन समिती अध्यक्षमा नरेन्द्र श्रेष्ठ सर्बसम्मत

२ असार, इलाम । चुलाचुली गाउपालिका २ मा रहेको पन्चकन्या आधारभुत बिद्यालय ब्यवस्थापन समितीको अध्यक्षमा नरेन्द्र श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका छन आज बसेको विद्यालय ब्यवस्थापन समिति बैठकबाट अभिभावकहरू मध्येबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा श्रेष्ठ मनोनित भएका हुन । श्रेष्ठ युवा अभियान्ताको रुपमा डेढ दशकबाट सकृय छन ।

चिया निर्यातमा भारतीय अवरोध तत्काल हटाउन सुहाङको माग

काठमाडौं । इलाम २ का सांसद सुहाङ नेम्वाङले नेपाली चिया निर्यातमा भारतको अवरोध तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । नेपाली चिया क्षेत्रमा उत्पन्न संकटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उच्चस्तरीय कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गरे । इलामको सूर्योदय नगरपालिका क्षेत्रका ५३ चिया उद्योगले भोलिदेखि कारखाना बन्द गर्ने निर्णयप्रति उनले चिन्ता जनाएका छन् । उद्योग बन्दको निर्णयले किसानको सम्पूर्ण जीवनचक्र नै संकटमा पारेको भन्दै सुहाङले आफ्नो वक्तव्यमा लेखेका..

गृहमा ४८ दिन पछी सुदनको कमब्याक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ वरीयता दिइएको छ । शाहले मंगलबार हेरफेर गरेको मन्त्रिपरिषद्‌मा गुरुङ पाँचौँ वरीयतामा छन् । त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । गुरुङ यसअघि बालेन क्याबिनेटमा नै थिए । पुन भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा थिए ।

बेलासे पुलको भत्किएको खण्डमा बेलिबृज बन्ने, निर्माण सामाग्री आईपुग्यो

२६ जेठ, इलाम । इलाम र माई नगरपालिका जोड्ने बेलासेको माईखोला पुलको भत्किएको खण्ड जोड्ने बेलिबृजको सामान आइपुगेको छ । इलाम २ का सांसद सुहाङ नेम्बाङको विशेष पहलमा नेपाल सरकारबाट भन्सार भई निर्माण सामाग्री भारत सरकारको अनुदानमा कोल्कताबाट निर्माण स्थल आईपुगेको हो । यस केचना कंन्चनजंगा सडक इलाम-झापा जोड्ने सबैभन्दा छोटोदुरीको फास्ट्रयाक हो । पहिलो चरणमा बेलासेको पुलको काम सक्ने र दोस्रो चरणमा पुवा खोला बेलिबृजको निर्माण प्रकृया सुरु हुने..