आगामी फागुन ७ देखि ९ गतेसम्म राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन

१ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आह्वान गरेको पार्टीका नेता सुरेश आचार्यले जानकारी दिए । समान बिचारधारा भएका शक्तिहरूका बीचमा बृहत राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ । महङ्गी भ्रष्टाचारबिरुद्ध..

शिवसताक्षीमा एकै परिवारका तीन जना मृत फेला

१ असार। झापाको शिवसताक्षी नगरपालिका–३, भोटेपुल टोलमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दका अनुसार, सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, छोराहरु ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुश बेस्रा मृत अवस्थामा फेला परेका हुन् । स्थानीयका अनुसार, शुक्रबार छिमेकी घरका एक जना बच्चा खेल्न जाँदा बत्ती बलिरहेको र कोही झुण्डिएको जस्तो देखेपछि अरुलाई खबर गरेका थिए । त्यसक्रममा..

सांसद केसी र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्री सुमना श्रेष्ठको आपत्ति

३१ जेठ । शिक्षामन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजन केसी र योगेन्द्र मण्डलले बुधवारको प्रतिनिधिसभा बैठकमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। कांग्रेस सांसद केसीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले धेरै बजेट आफ्नै गृहजिल्ला सुनसरीमा लगेको आरोप लगाएका थिए । ‘महिला (मन्त्रालय) को सम्बन्धमा अन्याय भएको छ । सत्तापक्षको माननीयले पनि केही भन्नुहोला । म त बजेटमा सुनसरी मात्रै देख्छु । उहाँले १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ,’..

भूमिमन्त्री अधिकारीलाई हिम्मतिलो हुन ज्ञानेन्द्रको सुझाव

३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाएका छन्। भूमिको वर्गीकरण गर्न र वर्गीकरण अनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिनुपर्ने उनको आग्रह छ । अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले खानीयोग्य, औद्योगिक, कृषियोग्य र बसोबासको..

नारायणगढ–मुग्लिन सडकमा २५ ठाउँ पहिरोको जोखिम

३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ। उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र..

प्रधानमन्त्री प्रचण्डको निर्देशन- हस् भइहाल्छ भन्ने होइन, काम र व्यवहारमा रूपान्तरण चाहियो

३० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताएका हुन् । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई ध्यान दिइ इमान्दार र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा..

राष्ट्रपति रामचन्द्र पौडेल जेनेभामा

३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा..

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता

३० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिए । उनले राजदूतसँगको भेटमा जलविद्युत तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले भने, “नेपाल सन् २०२६..

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि..

कप्तान किरणको नाममा १००औं अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान

३० जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन्। फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत साउदी अरेबियाको दम्मानमा यमनविरुद्ध भएको खेलमा किरणले नेपालका लागि १०० क्याप जित्ने पहिलो खेलाडी बन्दै दुर्लभ कीर्तिमान बनाएका हुन् । प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको खेलमा नेपालले गोल र अंक दुवैको खडेरी तोडेको थियो । सन्जीव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा..