पृथ्वी उल्टो घुमेपनि महाधिवेशन रोकिदैन, मेरो उम्मेद्धवारी हुन्छः झलनाथ खनाल

पृथ्वी उल्टो घुमेपनि महाधिवेशन रोकिदैन, मेरो उम्मेद्धवारी हुन्छः झलनाथ खनाल


१२ असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका छन् ।

आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब पृथ्वी उल्टो घुमेपनि महाधिवेशन नरोकिने र आफू अध्यक्षको उम्मेदवार बन्ने बताएका हुन् । अहिले पार्टीलाई वैचारिक, राजनीतिक र सैद्धान्तिक रुपले रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेकाले आफू नेतृत्वमा आउन चाहेको उनले बताए ।

नेकपा (एमाले) बाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी नेतृत्वका कारण सुस्पष्ट दृष्टिकोण र निर्णय लिनबाट चुकेको उनको आरोप छ । उनले चुकेका कुराहरुको समीक्षा गर्दै पार्टीलाई नयाँ धरातलबाट सच्याउन आफू अध्यक्ष बन्न चाहेको बताए ।

आफू अध्यक्षमा निर्वाचित भएको खण्डमा पार्टीलाई वैचारिक र संगठनात्मक रुपले सुदृढ बनाउने नेता खनालले प्रतिवद्धता व्यक्त गरे । उनले अन्य कम्युनिष्ट पार्टीहरुसँग पनि वैचारिक र सैद्धान्तिक धरातलमा व्यापक छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई एकीकृत र बलियो बनाउन लागिपर्ने बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर