मुख्य समाचार
नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्न एमाले सांसद पन्तको प्रस्ताव
५ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न प्रस्ताव गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नै पर्ने उनको भनाइ छ । ‘केही दिन देखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् । यसको मूल कारण खुला सीमाना हो,’ उनले भने, ‘तयसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ,..
बालेनले नेपाललाई जर्मनी बनाउन खोजेको हो ?-अमरेशको प्रश्न
५ असार । स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लोकप्रियताका नाममा तानाशाही बन्न लागेको भन्दै कवाड व्यवसायीमाथि भएको दमनको विरोध गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कवाडीले व्यापार गर्न नपाउने र मेयरले अदालतको आदेश मान्न नपर्ने भन्दै प्रश्न गरे । ‘पपुलिजमका नाममा दुनियाँमा तानशाही जन्मेका छन् । हिटलर पनि निर्वाचित भएरै आएको थियो । तर हिटलरका कारण जर्मनीको के हाल भयो ?’,..
दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न एमालेको माग
५ असार । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावरण तत्काल बनाउन माग गरेको छ। दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले उनीहरूमाथि धरपकड गरी ४५ जना भन्दा बढी किसानलाई पक्राउ समेत गरेको थियो । बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका नेकपा एमालेका प्रमुख..
अविरल बर्षाका कारण ताप्लेजुङमा मानवीयसँगै लाखौंको भौतिक क्षति
५ असार । ताप्लेजुङमा १० दिनदेखि अविरल परेको पानीले मानवीयसँगै लाखौंको भौतिक क्षति भएको छ। गत जेठ २७ गतेदेखि असार ५ गते बिहानसम्म अविरल रुपमा पानी परिरहेको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रवी रावलले अहिलेसम्म संकलन गरिएको विवरण अनुसार पहिरोमा परि दुई पुरुष र तीन महिलासहित पाँच जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमका ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमती..
स्वदेश फर्किए राष्ट्रपति पौडेल
५ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन्। उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले विदाइ गरेका थिए । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड..
लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न रविलाई कांग्रेसकाे चुनाैती
४ असार । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई २०४७ देखि २०५८ सालसम्मको लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता गठबन्धनमै आबद्ध नेताहरु पर्नसक्ने भएकाले त्यो प्रतिवेदन सार्वजनिक गर्न नसक्ने जिकिर गरे । सांसद केहीले गृहमन्त्रीले विधि र पद्धतिभन्दा बाहिर गएर प्रहरीमा सरुवाको आतंक मच्चाएको आरोप लगाए । उनको भनाइ जस्ताको तस्तै न्यूनतम साझा कार्यक्रममा नयाँ पार्टी र हाम्रो अहिलेको गृहमन्त्रीको..
नेपालका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता
४ असार । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ। जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे । सोसलिस्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्ने धारणा राष्ट्रपति पौडेलले राखे..
आइडीए २१ बैठक सुरु
४ असार । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरेका छन् । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठुलो बैठक हो । शुक्रबारसम्म चल्ने (१८ जुन देखि २१ जुन २०२४) बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ । बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल..
विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक ट्रोटसनबर्ग नेपालमा
३ असार । विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा आएका छन्। उनी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ को सिलसिलामा नेपाल आएका हुन् । नेपालमा पहिलोपटक हुन लागेको विश्व बैंकको उच्चस्तरीय बैठक ४ असारदेखि तीन दिनसम्म चल्ने छ । उनले यस बैठकको अध्यक्षता समेत गर्ने छन् । यो बैठकमा न्यून आय भएका मुलुकलाई विश्वबैंकको सहायताबारे रणनीति तय गर्ने छ।..
मेयर बालेन ब्राजिल प्रस्थान
३ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उहाँ ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रममा छन् । मेयरका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७