कांग्रेस ०८४ सम्म सरकार बनाउने/गिराउने खेलमा नलाग्ने गगन थापाको भनाई

२६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं. २०८४ सालसम्म नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले चुनावमा पाएको मतअनुसार सरकारमै रहनुपर्ने भए पनि केही राजनीतिक दलहरूले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए । कांग्रेसले विसं. २०८४ सम्म सरकार बनाउन र गिराउन कतै आँखा नलगाउने उनको भनाइ छ । महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न..

झापाको भद्रपुर नगरपालिकाद्वरा किसानलाई विद्युत् महसुलमा अनुदान

२६ जेठ । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन गरिएको हो । कार्यक्रमबाट नगरपालिकामा सूचीकृत कृषि सिँचाइ विद्युत मिटर भएका करिब एक हजार सात सय किसानले लाभ लिइरहेका नगर प्रमुख गणेश पोखरेलले बताए । “स्थानीय कृषकलाई आर्थिक राहात प्रदान गर्दै कृषि उत्पादकत्व अभिवृद्धि गर्नुका साथै सिँचाइको..

सिरोहियाको आरोपबारे गृहमन्त्रीको टिप्पणी- त्यति भनेपछि प्रमाण पनि ल्याइदिनुहोला

२६ जेठ । कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले कान्तिपुरलाई समाचार लुकाउन गृहमन्त्री रवि लामिछानेले असफल प्रयास गरेको दाबी गरे। सिरोहियाको यस्तो दाबीबारे गृहमन्त्री लामिछानेले अनभिज्ञता दर्शाएका छन् । संसदीय समितिबाट फर्किने क्रममा उनलाई यो विषयमा सोधिएको थियो । लामिछानेले आफूले सिरोहियाको भिडिओ हेर्न नपाएको बताए। उनले भने, ‘मैले भिडिओ हेरेको त छैन, अरुबाट सुनेको चाहिँ छु । त्यस्तो भन्ने मान्छेले प्रमाण पनि ल्याइदिनुहोला नि त ।’ सिरोहियाले कान्तिपुरमा सहकारी..

संसदीय प्रक्रियामा झुक्किए सभामुख- एउटै सम्झौता दुई पटक पारित

२४ जेठ । सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता एकै दिन प्रतिनिधि सभाबाट दुई पटक पारित हुन पुगेको छ । प्रतिनिधि सभामा सुरुमा सभामुख घिमिरेले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार..

सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

२४ जेठ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो । साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली..

मोदीको शपथमा नयाँदिल्ली जाँदै प्रचण्ड

२४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् । स्रोतले भन्यो, ‘मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गर्नु भएको छ । तर कहिले जाने भन्ने निश्चित हुन बाँकी छ ।’ लोक सभा निर्वाचन..

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

२३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार २४० सिट जितसहित पहिलो पार्टी बनेको भारतीय जनता पार्टीले फेरि अर्को सरकार गठनको पहल थाल्नेछ । नरेन्द्र मोदीलाई नै तेस्रोपल्ट प्रधानमन्त्रीकारुपमा अघि सार्ने सम्भावना रहेको देखिएको छ । त्यसबाहेक विपक्षी गठबन्धनले पनि सरकार..

ट्वान्टी-२० विश्वकप- नेपाल पहिलो खेलमै पराजित

२३ जेठ ।  नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप हारबाट सुरुआत गरेको छ। समूह डीको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो। नेदरल्यान्ड्सका म्याक ओ डाओडले सर्वाधिक ५४ रन बनाए। अविजित रहेका उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विक्रमजीत सिंह २२ र साइब्रेन्ड एन्गलब्रेख्त १४ रनमा आउट हुँदा बास डे लीडे ११..

टी-२० विश्वकप- नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

२२ जेठ । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । ग्राण्ड..

प्रधानमन्त्री ‘प्रचण्ड’ले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरे ।..