१२ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ ।
बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।
एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।