मुख्य समाचार
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्- ओलीजीले सरकारको विरोध गरेजस्तो मात्रै गर्नुभएको हो
३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीले सरकारको साच्चै विरोध नगरेको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूको जिज्ञासा मेटाउने क्रममा उनले यस्तो बताएका हुन्। विमानस्थलमा पत्रकारहरूले अध्यक्ष ओलीले सरकारप्रति विरोध जनाएकोबारे सोधेका थिए। पत्रकारहरूले प्रधानमन्त्री प्रचण्डलाई उथलपुथल गर्ने बेला भएको त छैन भनेर पनि सोधेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गरेको बताएका थिए। ‘विरोध जस्तो मात्रै गर्नुभएको..
बकर इदले सहिष्णुताको संस्कृतिलाई सबल बनाएको छ प्रधानमन्त्री प्रचण्डको भनाई
३ असार । प्रधानमन्त्री प्रचण्डले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहेको बताएका छन्। इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए । प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको..
विश्वकपमा जितविहीन हुँदै बाहिरियो नेपाल
३ असार । नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ। योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।बंगलादेश यस जितले ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र..
कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड
२ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन..
चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ- प्रधानमन्त्री प्रचण्ड
२ असार । प्रधानमन्त्री प्रचण्डले चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन्। दशौं चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए । विसं २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू..
पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन वडाध्यक्षहरुलाई बालेनको चेतावनी
२ असार, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन्। आज तय भएको नगरसभा कांग्रेस र एमालेका वडाध्यक्षहरुले बहिस्कारका कारण स्थगित भएपछि मेयर बालेनले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् । ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उनले लेखेका छन् । ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६०..
राष्ट्रपति पौडेल बर्लिनमा
२ असार । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन्। उनी आफ्ना समकक्षी डा फ्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गगेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ । राष्ट्रपति पौडेलका साथ प्रथम महिला..
ओली भन्छन्- मैले ५ अर्ब खाइसक्यो भनेर विरोधीहरूले भ्रमको तुँवालो फैलाउँदैछन्
१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले पार्टीविरुद्ध भ्रमको तुवाँलो तीव्र रुपमा फैलाएको दाबी गरेका छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई कमजोर पार्न केपी ओलीले ५ अर्ब खाइसक्यो भनेर हल्ला फिजाएको जिकिर गरे । उनको भनाइ जस्ताको तस्तै प्रतिक्रियावादी शक्तिहरू जस्तो विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर, ती थैलाहरू भर्न असभ्य, अमर्यादित, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरू फैलाउने खालका..
संघमा मन्त्री घटाऔं, प्रदेश नयाँ ढंगले चलाउन संविधान संशोधन गरौं- गगन थापा
१ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय सरकारको मन्त्रालय घटाउनुपर्ने बताएका छन्। संघको मन्त्रालय घटाएर १०,१२ जना मात्रै मन्त्री बनाए पुग्ने उनको भनाइ छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संघ र प्रदेशको संसदको साइज घटाउनुपर्यो। संघको मन्त्रालय यत्रो राख्नै पर्दैन। संघमा १०,१२ जना मन्त्री बनाए हुन्छ। हामीले संविधानमा २५ लेखेका छौं। २५ नलेखेको भए अहिले प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने रहेछन्। संघमा जस्तै प्रदेशमा पनि घटाउनुपर्याे।..
देशलाई नचिन्नु, नबुझ्नु ठूलो समस्या हो- सुहाङ
१ असार । नेकपा एमालेका युवा नेता एवम् प्रतिनिधि सभा सांसद सुहाङ नेम्वाङले अहिलेसम्मको ठूलो समस्या भनेको देशलाई नचिन्नु भएको बताएका छन्। संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले आफ्नो सम्भावनालाई नबुझ्नु समस्या भएको बताए । ‘हाम्रो अहिलेसम्मको सबैभन्दा समस्या ‘हामीले हाम्रो देशलाई नचिन्नु हो । हाम्रो सम्भावनालाई नबुझ्नु हो’, उनले भने, ‘जहाँ जतिसुकै मानव निर्मित चिज बनाएपनि पर्यटन आउँदैन । त्यही बजेट हाल्छौं । जहाँ केही नबनाएपनि पर्यटक आइरहेका छन्,..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७