भारतीय समकक्षी मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दल्ली प्रस्थान

२७ जेठ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् । मोदीको शपथ ग्रहण समारोहको निम्तो मान्न गएका प्रधानमन्त्री प्रचण्डको बिदाईका लागि सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठलगायतका मन्त्री,..

चुलाचुलीमा विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध- शिक्षकलाई राजनीति प्रतिबन्ध

२६ जेठ । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आआफ्ना पेसागत सङ्घसङ्गठनमा आबद्ध भए तापनि कुनै  राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय..

प्रधानमन्त्री प्रचण्ड भोलि दिल्ली जाने

२६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार (भोलि) भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । आइतबार नै नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । ती अधिकारीले भने, “प्रधानमन्त्रीद्वयबीच संक्षिप्त भेटवार्ता हुनेछ..

कांग्रेस ०८४ सम्म सरकार बनाउने/गिराउने खेलमा नलाग्ने गगन थापाको भनाई

२६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं. २०८४ सालसम्म नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले चुनावमा पाएको मतअनुसार सरकारमै रहनुपर्ने भए पनि केही राजनीतिक दलहरूले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए । कांग्रेसले विसं. २०८४ सम्म सरकार बनाउन र गिराउन कतै आँखा नलगाउने उनको भनाइ छ । महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न..

झापाको भद्रपुर नगरपालिकाद्वरा किसानलाई विद्युत् महसुलमा अनुदान

२६ जेठ । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन गरिएको हो । कार्यक्रमबाट नगरपालिकामा सूचीकृत कृषि सिँचाइ विद्युत मिटर भएका करिब एक हजार सात सय किसानले लाभ लिइरहेका नगर प्रमुख गणेश पोखरेलले बताए । “स्थानीय कृषकलाई आर्थिक राहात प्रदान गर्दै कृषि उत्पादकत्व अभिवृद्धि गर्नुका साथै सिँचाइको..

सिरोहियाको आरोपबारे गृहमन्त्रीको टिप्पणी- त्यति भनेपछि प्रमाण पनि ल्याइदिनुहोला

२६ जेठ । कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले कान्तिपुरलाई समाचार लुकाउन गृहमन्त्री रवि लामिछानेले असफल प्रयास गरेको दाबी गरे। सिरोहियाको यस्तो दाबीबारे गृहमन्त्री लामिछानेले अनभिज्ञता दर्शाएका छन् । संसदीय समितिबाट फर्किने क्रममा उनलाई यो विषयमा सोधिएको थियो । लामिछानेले आफूले सिरोहियाको भिडिओ हेर्न नपाएको बताए। उनले भने, ‘मैले भिडिओ हेरेको त छैन, अरुबाट सुनेको चाहिँ छु । त्यस्तो भन्ने मान्छेले प्रमाण पनि ल्याइदिनुहोला नि त ।’ सिरोहियाले कान्तिपुरमा सहकारी..

संसदीय प्रक्रियामा झुक्किए सभामुख- एउटै सम्झौता दुई पटक पारित

२४ जेठ । सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता एकै दिन प्रतिनिधि सभाबाट दुई पटक पारित हुन पुगेको छ । प्रतिनिधि सभामा सुरुमा सभामुख घिमिरेले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार..

सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

२४ जेठ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो । साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली..

मोदीको शपथमा नयाँदिल्ली जाँदै प्रचण्ड

२४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् । स्रोतले भन्यो, ‘मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गर्नु भएको छ । तर कहिले जाने भन्ने निश्चित हुन बाँकी छ ।’ लोक सभा निर्वाचन..

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

२३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार २४० सिट जितसहित पहिलो पार्टी बनेको भारतीय जनता पार्टीले फेरि अर्को सरकार गठनको पहल थाल्नेछ । नरेन्द्र मोदीलाई नै तेस्रोपल्ट प्रधानमन्त्रीकारुपमा अघि सार्ने सम्भावना रहेको देखिएको छ । त्यसबाहेक विपक्षी गठबन्धनले पनि सरकार..