मोदीलाई नेपाल भ्रमणको निम्तो

२८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गर्दैगर्दा छिमेक नीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् । विगतका दुई कार्यकालमा नेपाललाई उच्च महत्व दिएका मोदीले यो तेस्रो कार्यकालमा पनि उच्च महत्व दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन नभएको भए मोदी यही साउनमा नेपाल भ्रमणमा आउने तयारी थियो । तर, नेपालमा सरकार परिवर्तन भएको कारण उनको भ्रमण एकाएक रोकिएको चर्चा छ..

आज नागपञ्चमी पर्व, नागको पूजार्चना गरी मनाइँदै

२५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको..

भलिबल खेलाडीको तलव ५ हजार, त्यो पनि चन्दा उएर !

२४ साउन, काठमाण्डौँ । काभा वुमन्स नेसन्स लिगको फाइनलमा नेपाल र भारतको खेल्दा बुधबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा जति दर्शक थिए, बाहिर त्यति नै थिए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई, काठमाडौं महानगरपालिका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल लगायतका नेताहरु पनि दर्शक दीर्घामा थिए । प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने तयारी थियो, तर मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेकाले अन्तिम समयमा गएनन् । भलिबल नेपालको राष्ट्रिय खेल हो,..

समग्र हवाई सुरक्षा प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने उड्डयनमन्त्री पाण्डेको भनाई

२४ साउन, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने बताएका छन् । प्रधानमन्त्रीसँग छलफल गरेपछि समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा मन्त्री पाण्डेले हवाई दुर्घटनाबारे नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताएका हुन् । हवाई क्षेत्रमा अनुगमन र नियमनको पाटोसमेत हेर्नुपर्ने बताउँदै उनले भने,..

शेख हसिना अन्तिम समयसम्म पनि बल प्रयोग गरेर शक्तिमा बसिरहन चाहन्थिन्

२२ साउन, काठमाण्डौँ । धेरैले सोचेका थिएनन् कि १५ वर्षदेखि शक्तिमा रहेकी प्रधानमन्त्री शेख हसिना यसरी देश छाडेर जानेछिन् । बंगलादेशमा उनलाई धेरैले ‘आइरन लेडी’को उपमा समेत दिएका थिए । बंगलादेशको इतिहासमा कोही पनि सत्ताच्यूत भएपछि यसरी देश छाडेर जान बाध्य भएको थिएन । तर, शेख हसिना र उनकी बहिनी शेख रेहाना सोमबार हजारौं सहभागी प्रदर्शनका कारण देश छाड्न बाध्य भए । यस्तो परिस्थिति सिर्जना हुनुअघि आइतबार राति र सोमबार..

पौदल हुँदै नेपाल भित्रिने पर्यटकको लागि काकरभिट्टा नाका खुल्ला

२२ साउन, झापा । पूर्वी नाका काँकरभिट्टाबाट आगमन हुने तेस्रो मुलकका नागरिकका लागि बन्द रहेको नेपाल प्रवेशको सुदूरपूर्वको द्वार काँकरभिट्टा नाका खुलेको छ । कोभिड–१९ पछि भारतीय अध्यागमन कार्यालयले तेस्रोमुलुकका सम्पूर्ण नागरिकहरुलाई आउने र सबै भिसा दिन बन्द गरेको थियो । नाकाखुलेसँगै तेस्रो मुलुमका पर्यटकले काँकरभिट्टा नाका प्रयोग गर्न थालेको सरकारी अधिकारीहरुले जनाएका छन् । कोरोनाको कारण देखाएर पूर्वीनाका हुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकलाई भारततर्फबाट प्रवेशाज्ञ (आगमन अनुमति)..

निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न

२२ साउन, काठमाण्डौँ । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ । काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ । सो क्षेत्रमा..

बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेना प्रमुखको घोषणा

२१ साउन, काठमाण्डौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेसँगै बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । बंगलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका हुन् । बंगलादेशको संचारमाध्यम ढाका ट्रिब्युनका अनुसार बंगलादेशका राजनैतिक दलहरुसँग सेना प्रमुखले गरेको छलफलको आधारमा अन्तरिम सरकार गठन हुने भएको हो । सेना प्रमुखको पत्रकार सम्मेलनलाई उध्रदत गर्दै ढाका ट्रिब्युन लेखेको छ, ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले..

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिईन राजीनमा

२१ साउन, काठमाण्डौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिएकी छन् । गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा आएको हो । बेलायतको स्काइ न्यूजका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ । हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको स्काइ न्यूजले उल्लेख गरेको छ ।

पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटरको नामाकरण

२० साउन, काठमाण्डौँ । नेपालकी प्रथम सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटरको नामाकरण भएको छ । नेपालमा हिमाल तथा राजमार्ग अनि हुलाक टिकट आदिमा नाम राखिएकी पासाङ ल्हामुको अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण एजेन्सीले यहि साउन १४ अर्थात जुलाई २९ साझ ७ः१८ मा चन्द्रमा क्रेटरको नामाकरण गरेको आफ्नो आधिकारिक वेबसाइटबाट जानकारी दिएको हो । चन्द्रमाको माइनस ८६ डिग्रीको क्रेटरलाई पासाङ ल्हामुको नाममा ल्हामु नामाकरण गरिएको बताएको छ..