पलेशाले जितिन पेरिस ओलम्पिकमा कांस्य: नेपाली खेलकुद इतिहासकै ठूलो पदक

१६ भदौ, काठमाण्डौँ । नेपाली खेलकुद इतिहासकै ठूलो नाम बनेकी छन् पलेशा गोवर्धन । पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेपछि पारा तेक्वान्दो खेलाडी पलेशा यसको हकदार बनिन् । यो नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको ऐतिहासिक र पहिलो ठूलो पदक हो । ओलम्पिक संरचनामा नेपाली खेलाडीले पदक जित्नु धेरै टाढाको विषय थियो । त्यसमाथि पारा खेलाडीको हैसियतमा त झन् कठिनभन्दा कठिन । तर, ती सबै दायरा तोड्दै पलेशाले दोस्रो ओलम्पिक सहभागितामै देशलाई पदक दिलाएकी छन् । पेरिसस्थित ग्रान्ड..

मोरङको सुन्दरहरैँचामा दुई नाबालिग मृत भेटिए, आमा बेपत्ता

१६ भदौ, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई नाबालिग मृत भेटिएका छन् । उनीहरूकी आमा पनि बेपत्ता छिन् । घरमा श्रीमानसँग सामान्य झगडापछि २९ वर्षीया अस्मिता न्यौपाने छोरी लिएर हिँडेको बताइएको छ । धनकुटा घर भएका अर्जुन कार्कीको परिवार सुन्दरहरैँमा बस्दै आएको थियो । बन्दै गरेको घरमा पानी नहालेको विषयमा उनीहरूबीच विवाद भएको प्रहरीले बताएको छ । छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की हिजो दिउँसो एकैठाउँमा..

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल..

विश्वप्रकाशको दाबी- दुई पटक प्रधानमन्त्री र एक पटकमात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव पास हुन्छ

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिबाट आफूले राखेको प्रस्ताव पारित हुने दाबी गरेका छन् । उनले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने र एकपटक राष्ट्रपति बन्ने प्रस्ताव भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने बताए । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए । तर, सभापति शेरबहादुर देउवाले शर्माको..

पाँचथर विस्फोट : दुई बालिकाको मृत्यु , द्वन्द्वकै बेलाको हतियार भएको अनुमान

१४ भदौ, पाँचथर । पाँचथरको फलेलुंग गाउँपालिका वडा नम्बर ५ प्राङवुङको डाडागाउँका दिलीप साँवा वैदेशिक रोजगारीका लागि दुवइमा छन् । उनकी श्रीमती पूजा बिहीबार मेला गइन् । छोरो दिप्सन साँवा विद्यालय गए । विद्यालयमा परीक्षा भएका कारण उनी छिट्टै फर्किए । घरमा सानी अढाई वर्षकी बहिनी प्रिन्सा थिइन् । स्कुलबाट फर्किएपछि उनी बहिनीलाई लिएर साथी पवन राईको घर गए । पवनको घर र दिप्सनको घर भन्दा ४ मिनेटको दूरीमा पर्छ..

एनसेल लाइसेन्स नवीकरणको २० अर्ब चार किस्तामा बुझाउने, पहिलो किस्ता तिरेपछि नवीकरण हुने

१३ भदौ, काठमाडौं । सरकारले एनसेल मोबाइल लाइसेन्सको नवीकरणकाे शुल्क चार किस्तामा बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एनसेललाई नवीकरण दस्तुरबापतको २० अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित मोबाइल नवीकरण गर्न दिने निर्णय गरेको हो । बैठकले एनसेलको नवीरकणबापतको दस्तुर २० अर्बको ब्याजसहित ४ किस्तामा बुझाउने शर्तमा एनसेलको मोबाइल लाइसेन्स नवीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा..

नेपाललाई डोहोर्‍याउने रामकुमारी एसमा किन हारिन् ?

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष रामकुमारी झाँक्री पराजित भएपश्चात धेरैले तीन वर्ष अगाडिको दृष्य सम्झिए । नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी दर्ता गर्न जाँदा रामकुमारीले माधव नेपालको हात समातेर लगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । नयाँ पार्टी निर्माणमा यसरी नेपाललाई बलियो हात दिएकी झाँक्री अहिले उनै नेपालको दरिलो साथ नपाउँदा उपाध्यक्ष बन्न वञ्चित भइन् । पार्टीबाहिर खासै परिचित नरहेकी जयन्ती राईले झाँक्रीलाई हराउँदै महिला..

एन्फा महासचिवको तलब २ लाख ७० हजार पुर्‍याइयो, राष्ट्रिय खेलाडीको ३० हजार

काठमाडौं, १२ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रूपैयाँ पुर्‍याउने प्रस्ताव राखेका थिए । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ । हाल महासचिव किरण राईले १ लाख..

समाजवादीको पदाधिकारीमा ७ जना महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी

१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनबाट कम्तीमा ७ जना नेता महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी भएका छन् । भुसाल पक्षले मतदानका बेला बाँडेको लिस्टबाट ७ जना पदाधिकारी विजयी भएका हुन् । मतदानका बेला अध्यक्ष माधव नेपाल पक्ष र महासचिव घनश्याम भुसाल पक्षबाट फरक फरक लिस्ट बाँडिएको थियो । केही नेता दुवै लिस्टमा परेका थिए । सम्मानित नेता झलनाथ खनालको समर्थन भुसाल पक्षमा थियो । भुसाल पक्षबाट उपाध्यक्ष..

एकीकृत समाजवादीभित्र प्रष्ट गुटबन्दी

११ भदौ, काठमाडौं । एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष चुनावी प्रतिस्पर्धासम्म पुगेको छ । मंगलबार पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि भएको मतदानमा गुटगत प्रतिस्पर्धा भएको हो । वरिष्ठ उपाध्यक्षसहित १८ पदका निम्ति मनोनयन दर्ता गर्दा प्रष्ट गुटगत उम्मेदवारी देखिएको थियो । तर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसहमत भए । घनेन्द्र बस्नेतलाई उम्मेदवारी फिर्ता लिन सहमत गराएर पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । स्रोतका अनुसार बस्नेतलाई वरिष्ठ नेताको आश्वासन दिइएको छ ।..