क्रिप्टो कारोबारीलाई ५० लाख लिएर छोडेको खुलासा, प्रहरी हवल्दारमाथी अनुसन्धान सुरु

क्रिप्टो कारोबारीलाई ५० लाख लिएर छोडेको खुलासा, प्रहरी हवल्दारमाथी अनुसन्धान सुरु

२२ भदौ, काठमाण्डौँ ।  काठमाडौं प्रहरी परिसरले क्रिप्टोकरेन्सी कारोबारीबाट ५० लाख रूपैयाँ लिएर पक्राउ परेका आरोपी छोडेको खुलेको छ ।

क्रिप्टोकरेन्सी कारोबारको आरोपमा गत शुक्रबार पक्राउ गरेर एक आरोपीबाट ५० लाख रूपैयाँ लिएर आइतबार छोडेको खुलेको हो ।

बिचौलियामार्फत परिसरको मुद्दा शाखामा कार्यरत सहायक हवल्दार गणेश खड्कासम्म रकम पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार हवल्दार खड्कालाई थुनामा राखेर आन्तरिक अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीले पक्राउ गरेका क्रिप्टोकरेन्सी कारोबारी भने क्यानडा उडिसकेका छन् । उनी प्रहरीले छोडेलगत्तै क्यानडा भागेका हुन् ।

पक्राउ परेका आचार्य थरका आफन्तले ५० लाख रूपैयाँ तिरेको गुनासो गरेपछि परिसर प्रहरीले आन्तरिक छानबिन गरिरहेको छ ।

हवल्दारकै मिलेमतोमा उनी छुटे वा अन्य प्रहरी अधिकारीको पनि संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ । पक्राउ परेका आरोपीका आफन्तमार्फत रकम लिने बिचौलीया हाल फरार छन् ।

उनी पनि लामो समय क्यानडा बसेर फर्किएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270