मुख्य समाचार
सिमलतालबाट हराएको बस भेटिएन, भारतीय उद्धार टोली आज फर्किने
१३ साउन, चितवन । नारायणगढ मुग्लिन सडक खण्डको केराबारी क्षेत्रमा पर्ने रातो वस्तु सिमलतालबाट हराएको बस नभएको पुष्टि भएको छ । स्थानीयले त्रिशूलीबीचमा देखिएको भनेर प्रहरीलाई खबर गरेको रातो वस्तु बस नभएको सुरक्षाकर्मीको तालिमप्राप्त उद्धार टोलीले हेरेपछि पुष्टि गरेका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूली नदीमा पानीको भूल्को बीचमा देखिएको वस्तु बस होइन । शनिबार बस खोज्ने क्रममा १९ किलोको म्याग्नेटसँगै हराएको रातो रंगको ट्यूव हो..
कोशी प्रदेशः कांग्रेस–एमाले ४–४ वटा मन्त्रालय बाँडफाँड गर्ने सहमति
१२ साउन, काठमाण्डौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी सरकारको बराबर मन्त्रालय लिने सहमति भएको छ । आज शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति गरेको हो । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कोशी मन्त्रिपरिषदमा एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना रहनेछन् । मन्त्रालय भागबन्डा टुङ्गो लागेपछि सोमबार सरकार विस्तार गर्ने सहमति पनि भएको उनले बताए । ‘मोटामोटी सबै..
कोशी प्रदेशः कांग्रेस र एमाले मन्त्रालय भागबन्डामा सहमति नजिक
१२ साउन, विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन् । दुई दलका नेताहरुबीच भएको अनौपचारिक छलफलमा चाररचार वटा मन्त्रालय राख्न सहमति गरेका हुन् । औपचारिक छलफल भने शनिबार हुनेछ । नेकपा एमाले स्रोतका अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार वटा मन्त्रालय पाउनेछ । चार वटा पाउने भए पनि कुन कुन भन्ने टुङ्गो लाग्न बाँकी छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की माओवादी केन्द्रले..
पेरिस ओलम्पिकको भव्य उद्घाटनः श्यान्टु र मनिताले बोके नेपालको झण्डा
१२ साउन, काठमाण्डौँ । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन भएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गर्दै पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन भयो । उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि..
सरकारमा गएपछि कांग्रेसभित्र विवादै विवाद
११ साउन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न एकमत भएको नेपाली कांग्रेसभित्र सरकारमा गएपछि विवाद बढेको छ । नेकपा एमालेसँग मिलेर संघीयदेखि प्रदेशसम्म सरकार सहभागी हुँदा सभापति शेरबहादुर देउवाले एकलौटी लादेको भन्दै इतर पक्षले भेला थालेपछि विवाद झांगिएको हो । संघमा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले पाएको १० मध्ये ३ मन्त्रालय मात्रै पाएको इतर समूहले प्रदेश सरकार गठनको विषयमा आफूहरुसँग छलफल..
नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत
११ साउन, काठमाण्डौँ । नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत प्रदान गरेको छ । निर्माण व्यवसायीलाई अर्काे व्यवस्था नभएसम्मका लागि कालो सूचिमा नहालिने भएको छ । आर्थिक वर्ष २०८१।८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम हुने भएको छ । कुनै निर्माण व्यवसायी कालोसूचीमा परेमा जेभी भएर काम गरेको अर्काे निर्माण कम्पनी कालो सूचिमा नपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले..
विमान दुर्घटनामा निधन भएकाको आफन्तले शव बुझ्न मानेनन्
११ साउन, काठमाण्डौँ । बुधबार काठमाडौं विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएकाको आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान कायमै राखेका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उचित क्षतिपूर्ति दिने र शक्तिशाली छानबिन समिति बनाएकोले शव बुझ्न आग्रह गरेका थिए । तर, मृत्तकका आफन्तहरुले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान मन्त्री पाण्डेसामू दोहोर्याए । मन्त्री पाण्डेले एयरलाईन्सका व्यवस्थापक र..
विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदै
१० साउन, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदैछ । बुधबार बसेको आकस्मिक मन्त्रीपरिषद बैठकले विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको थियो । यस्तै दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षण आज पनि जारी छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण भइरहेको छ । अस्पतालका फरेन्सिक मेडिसिन..
विश्व हेडलाइन बन्यो नेपालको हवाई दुर्घटनाको खबर
९ साउन, काठमाण्डौँ । नेपाल विश्व हेडलाइन बन्ने खबरहरुमा नकारात्मक खबरहरु धेरै छन् । चाहे भूकम्प होस् वा हवाई दुर्घटना, पछिल्ला दशकमा नेपाल यस्तै यस्तै कुरामा धेरैजसो विश्व हेडलाइन बन्ने गरेको छ । आज बिहान ११ः११ बजे भएको सौर्य एअरको हवाई दुर्घटना, दुर्घटनामा मृत्यु हुने १८ अनुहार र एक्ला जीवित क्याप्टेन मनिषरत्न शाक्यको कुरा अहिले विश्वभर हेडलाइन बनेका छन् । यो सामग्रीमा विश्वका चल्तीका कुन कुन मिडियाहरुले के के लेखे..
पूर्वमुख्यमन्त्रीले कुटिपिट गरेर शौचालयमा थुन्ने धम्की दिएको सचिव भट्टराईको आरोप
८ साउन, विराटनगर । कोशीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सांसद केदार कार्कीमाथि कर्मचारीलाई धम्क्याएको आरोप लागेको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई पूर्वमुख्यमन्त्री कार्कीले फोनमार्फत कुटिपिट गरेर शौचालयमा थुन्ने धम्की दिएको आरोप लगाएका छन् । सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टरलाई एक निवेदन दिंदै उनले जीउ धनको रक्षा र शान्ति सुरक्षाको माग गरेका छन् भने दोषीमाथि कारवाही गर्न आग्रह गरेका छन् । सोमबार अपरान्ह ४ः५३..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७