सुदूरपश्चिम प्रदेशः ५३ सांसदमध्ये २३ जनाले चाखे मन्त्रीको स्वाद

२० साउन, काठमाण्डौँ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले आइतबार ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै मियाँले आज साँझसम्मको समय दिएर संयुक्त सरकार निर्माणका लागि आह्वान गरेका हुन् । कांग्रेस संसदीय दलका नेता शाहले आज दिउँसो १ बजेपछि नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा..

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब सिन्दूर र टीका लगाउन पाईने

१७ साउन, काठमाण्डौँ । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ । अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यसअघि सिन्दूर, टिका हटाएर फोटो खिच्न लगाइन्थ्यो । तर जनस्तरबाट आलोचना भएपछि विभागले यस्तो निर्णय गरेको हो । गृहमन्त्रालय अन्तरगत रहेको विभागले एक परिपत्र जारी गर्दै फोटो खिच्दा स्पष्ट मुखाकृति र..

सरकारले मिडियालाई कमजोर हुन दिँदैनः उपप्रधानमन्त्री पौडेल

१७ साउन, काठमाण्डौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका छन् । मुलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधवार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रुपमा लिने पनि बताए । उनले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाएर लैजाने बताए । उनले सरकारकाप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताए ।..

रविले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको मुकुल ढकालको आरोप

१६ साउन, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालीन गृहमन्त्री लामिछानेले १ नम्बरको मान्छेलाई नभइ ५ नम्बरको मान्छेलाई बढुवा दिएर अमेरिकामा पैसाको लेनदेन गरेको आरोप लगाएका हुन् । उनले रास्वपाका दुई जना केन्द्रीय सदस्यहरु मोहनजंग थापा र..

धरहरा छिटो सञ्चालनमा ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

१५ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज जारी बैठकमा प्रधानमन्त्री ओलीले विद्यमान ऐन कानुनको अधिनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न निर्देशन दिएका हुन् । उनले सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्ने र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न पनि..

इलामको सुकिलुम्बा विमानस्थल दुई महिना देखी बन्द

१५ साउन, इलाम । मौषम खराबीको कारण इलामको सुकिलुम्बा विमानस्थल दुई महिना देखी बन्द भएको छ । गत जेठ १३ गते नेपाल एयरलाईन्सको जहाजले अन्तिम पटक उडान भरेको थियो । गत जेठ १७ गते काठमाण्डौँबाट इलामका लागि नेपाल एयरलाईन्सको जहाज मौषम प्रतिकुलताका कारण अवतरण गर्न नसकेर काठमाण्डौँ फर्काईएको थियो । त्यसयता विमानस्थलबाट उडान हुँन नसकेको विमानस्थल इलाम स्टेसन ईन्चार्ज दिनेस सुन्दासले बताउनुभयो । उहाँका अनुसार मौषमा सुधार नआउन्जेलसम्म उडान सुचारु..

एमालेमा मन्त्री बन्ने धेरैको नाम चर्चामा आयो तर किन बनेनन् ?

१४ साउन, काठमाण्डौँ । एमालेमा मन्त्री बन्ने धेरैको नाम चर्चामा आयो । तर, मन्त्री हुन सकेनन् । कतिपयको नाम त अन्तिममा आएर चटक्कै काटियो । को, किन मन्त्री हुन सकेनन् रोचक तथ्य अहिले चुहिन थालेको छ । निकै चर्चामा आएकाहरूमा योगेश भट्टराई र पदम गिरी हुन् । चर्चामा आउनेमध्ये छविलाल विश्वकर्मा, ज्वाला साह, जुली महतो, गोकुल बाँस्कोटा, दीपा शर्मा, तारा लामा तामाङ, दयालबहादुर शाही पनि थिए । भट्टराई र विष्टलाई..

बाढी र पहिरोमा ११ वर्षमा ६५४ बेपत्ताः न सास ! न लास !

१४ साउन, काठमाण्डौँ । असार ३१ गते बिहान चितवनको सिमलतालमा माथिबाट पहिरो झरेर त्रिशूली नदीमा खसेका दुइटा लामो दुरीका यात्रुबाहक बस अझै भेटिएका छैनन् । दुइटा बसमा रहेका ६५ जना बेपत्ता भएकामा २५ जनाको शव भेटिएको छ । आफन्तले बाँकीको शव पाउने आशा भने मारेका छैनन् । घटनास्थलभन्दा करिब १०८ किलोमिटरको दुरीमा पर्ने त्रिवेणीमा १३ जनाको शव भेटिएको थियो । १६० किलोमिटर दुरीमा पर्ने भारतीय क्षेत्रमा २ वटा शव भेटिएका..

कोशीमा कांग्रेसलाई मन्त्रीको नाम टुङ्याउन सकस, तीन समूहमा आकांक्षीको लर्को

१४ साउन, विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । कोशीमा कांग्रेसले ४ मन्त्रालय पाएको छ । आकांक्षी धेरै हुँदा मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको हो । कांग्रेस स्रोतका अनुसार अनुसार ४ मध्ये दुई मन्त्री सभापति शेरबहादुर देउवा समूहबाट हुनेछन् । कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला समूहबाट एकरएक जना मन्त्री हुनेछन् । २९ सांसद रहेको कांग्रेसकोे तीनवटा समूहमा..

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद र ६९ लाख जरिवाना

१३ साउन, काठमाण्डौँ । सर्वाेच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै..