मुख्य समाचार
एनसेल लाइसेन्स नवीकरणको २० अर्ब चार किस्तामा बुझाउने, पहिलो किस्ता तिरेपछि नवीकरण हुने
१३ भदौ, काठमाडौं । सरकारले एनसेल मोबाइल लाइसेन्सको नवीकरणकाे शुल्क चार किस्तामा बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एनसेललाई नवीकरण दस्तुरबापतको २० अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित मोबाइल नवीकरण गर्न दिने निर्णय गरेको हो । बैठकले एनसेलको नवीरकणबापतको दस्तुर २० अर्बको ब्याजसहित ४ किस्तामा बुझाउने शर्तमा एनसेलको मोबाइल लाइसेन्स नवीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा..
नेपाललाई डोहोर्याउने रामकुमारी एसमा किन हारिन् ?
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष रामकुमारी झाँक्री पराजित भएपश्चात धेरैले तीन वर्ष अगाडिको दृष्य सम्झिए । नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी दर्ता गर्न जाँदा रामकुमारीले माधव नेपालको हात समातेर लगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । नयाँ पार्टी निर्माणमा यसरी नेपाललाई बलियो हात दिएकी झाँक्री अहिले उनै नेपालको दरिलो साथ नपाउँदा उपाध्यक्ष बन्न वञ्चित भइन् । पार्टीबाहिर खासै परिचित नरहेकी जयन्ती राईले झाँक्रीलाई हराउँदै महिला..
एन्फा महासचिवको तलब २ लाख ७० हजार पुर्याइयो, राष्ट्रिय खेलाडीको ३० हजार
काठमाडौं, १२ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रूपैयाँ पुर्याउने प्रस्ताव राखेका थिए । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ । हाल महासचिव किरण राईले १ लाख..
समाजवादीको पदाधिकारीमा ७ जना महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी
१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनबाट कम्तीमा ७ जना नेता महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी भएका छन् । भुसाल पक्षले मतदानका बेला बाँडेको लिस्टबाट ७ जना पदाधिकारी विजयी भएका हुन् । मतदानका बेला अध्यक्ष माधव नेपाल पक्ष र महासचिव घनश्याम भुसाल पक्षबाट फरक फरक लिस्ट बाँडिएको थियो । केही नेता दुवै लिस्टमा परेका थिए । सम्मानित नेता झलनाथ खनालको समर्थन भुसाल पक्षमा थियो । भुसाल पक्षबाट उपाध्यक्ष..
एकीकृत समाजवादीभित्र प्रष्ट गुटबन्दी
११ भदौ, काठमाडौं । एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष चुनावी प्रतिस्पर्धासम्म पुगेको छ । मंगलबार पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि भएको मतदानमा गुटगत प्रतिस्पर्धा भएको हो । वरिष्ठ उपाध्यक्षसहित १८ पदका निम्ति मनोनयन दर्ता गर्दा प्रष्ट गुटगत उम्मेदवारी देखिएको थियो । तर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसहमत भए । घनेन्द्र बस्नेतलाई उम्मेदवारी फिर्ता लिन सहमत गराएर पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । स्रोतका अनुसार बस्नेतलाई वरिष्ठ नेताको आश्वासन दिइएको छ ।..
सवारी कर्जाको व्याजदर सस्तियो
११ भदौ, काठमाण्डौँ । ब्याज महँगो भएकै कारण बैंकबाट ऋण लिएर गाडी (अटो) किन्न सकिनँ भनेर चिन्तामा बस्नुपर्ने अवस्था अब रहेन । बैंकमा पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले सवारी कर्जाको ब्याजदर धेरै घटाएका छन् । ब्याजदर घटेसँगै समग्र सवारी कर्जा सस्तिएको छ भने ग्राहकको आकर्षण बढेको छ । कम ब्याजमा ऋण पाइने भएपछि सवारी कर्जाबारे बुझ्नकै लागि बैंकमा आउने ग्राहक बढेको र यसले चहलपहल बढाएको बैंकरहरू बताउँछन् । इच्छा हुँदाहुँदै पनि महँगो ब्याजदरकै..
प्रचण्ड चरित्रः अस्ति पार्टी फुटको अभिव्यक्ति अहिले खण्डन !
१० भदौ, काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत २३ जेठमा पोखरामा पार्टी फुट्न सक्ने संकेत गर्दै दिएको अभिव्यक्तिको अहिले आफैं खण्डन गर्नुपर्ने अवस्थामा पुगेका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरणसहित रुपान्तरणको आवाज उठाउँदै आएका उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले कोही मोहन वैद्यहरुकै बाटो हिँड्छ भने दुर्भाग्य हुने बताएका थिए । पोखरामा दिएको प्रचण्डको अभिव्यक्तिले कार्यकर्तामाझमा माओवादी पार्टी फेरि फुट्नै लागेको हो कि भन्ने सशंकित बनाइदियो भने..
यो सरकारले फलानोलाई फसाऊ भनेर प्रहरीलाई निर्देशन दिँदैनः प्रधानमन्त्री ओली
१० भदौ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार कुनै पनि अनुचित गतिविधिको प्रभावमा नपर्ने प्रष्ट पारेका छन् । काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार कानून अनुसार चल्ने बताए । उनले भने, ‘ तपाईहरु ढुक्क भएर काम गर्नुस् अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर तपाईहरुलाई निर्देशन दिँदैन । निर्दाेषलाई फसाऊ भन्दैन । निर्दाेष मान्छे फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दाेषलाई दोषी करार गर्ने जस्ता क्रियाकलाप आपराधिक..
कोशीमा विवादः मन्त्रालय फुटाउन मुख्यमन्त्री र कांग्रेस नेताबीच विवाद
८ भदौँ, विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्रालय विभाजन हुनुपर्ने औपचारिक प्रस्ताव एमालेसमक्ष गरेको छ । एमालेले भने मन्त्रालय विभाजनको लागि औचित्य पुष्टि हुनुपर्ने र एक जना व्यक्तिको चाहनालाई पूरा गर्न मन्त्रालय विभाजन गर्न नहुने अडान राखेको छ । कोशी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ९ वटा मन्त्रालय छन् । ४० सांसद रहेको नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिने र २९ जना सांसद रहेको..
सुनकोशी नदीमा गुडिरहेको गाडी खस्दा तीन जना बेपत्ता, खोजी कार्य जारी
८ भदौँ, सिन्धुली । मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । शनिबार साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका- १ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७