निजी अस्पतालमा पनि बीमाको सुविधा दिनुपर्ने स्वास्थ्य मन्त्रीको भनाई

निजी अस्पतालमा पनि बीमाको सुविधा दिनुपर्ने स्वास्थ्य मन्त्रीको भनाई

२२ भदौँ, काठमाण्डौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् ।

शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको सुनाए ।

सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्न लागिएको उनको भनाइ छ । त्यसका लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने मन्त्री पौडेलले बताए ।

उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पताललाई आग्रह गरे । हरेक दिन के-कति विपन्न नागरिकको उपाचार भयो भन्ने बेलुका सार्वजनिक गर्न मन्त्रीको आग्रह छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर