कोरोना भाइरसका कारण विश्वभर कतिको मृत्यु भयो ? पुर्ण विवरण सहित

७ चैत्र, काठमाण्डौँ । छिमेकी राष्ट्र चिनबाट विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण आज शुक्रबारसम्म विश्वभर दश हजार ४९ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे तथ्याङ्क अनुसार संसारभरी दुई लाख ४६ हजार १ सय ७८ जनामा कोरोना भाइरसको संक्रम फैलिसकेको छ । सङ्क्रमित व्यक्तिहरु मध्ये ८८ हजार ४ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।, भने एक लाख ४७ हजार ६ सय..

कोरोना भाईसबाट वच्न अखिल इलामको सचेतना अभियान

७ चैत्र, झापा । अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा जिल्लाका स्थानिय तह तथा विभिन्न बस्तीहरुमा कोरोना भाईरस सम्बन्धी सचेतनामुलक अभियान संञ्चालन गर्न सुरु गरिएको छ । अभियानमा कोरोना भाईरस सम्वन्धी सचेतना जगाउने पोष्टर तथा पम्प्लेट टास गर्ने जस्ता कार्यहरु भईरहेका छन् । आज इलाम नगरपालिकाको तिल्केनी, गोलाखर्क निगुरे, सिङफृङ, महाभिर, बाह्र बस्ती लगायतका बस्तीहरुका घरघरमा गएर कोरोना भाइरस बारे जनचेतना मुलक सामाग्री बितरण साथै जनचेतना जगाईएको अनेरास्ववियू जिल्ला कमिटी इलामका..

कोरोनको संक्रमण रोक्न झापाका स्थानिय तहमा आपत्कालीन क्वारेन्टाइन बनाउन निर्देशन

५ चैत्र, झापा । छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न झापाका १५ वटै स्थानीय तहमा आपत्कालीन क्वारेन्टाइन व्यवस्थापनको तयारीमा लाग्न प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले निर्देशन दिनुभएको छ । कोरोनाको संक्रमणबाट जिल्लावासीलाई बचाउन जिल्ला प्रशासन कार्यालय झापाका कार्यालय प्रमुखहरूको बैठकबाट सो निर्णयभएको बताएईको छ । सो निर्देशन बमोजिम कोरोना सङ्क्रमणको आशङ्का लागेका व्यक्तिलाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न भद्रपुरमा क्वारेन्टाइन बनाउने गृहकार्य सुरु भएको छ..

कोरोना भाइरसको संक्रमण रोक्न भन्दै इलामको पशुपतीनगर नाका बन्द

१ चैत्र, झापा । मित्र राष्ट्र चिनबाट विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै नेपालको पूर्वि जिल्ला इलामको पशुपतिनगर नाका बन्द भएको छ । भारतको पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबारबाट पशसपती नगर नका बन्द गरेको हो । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सवारी साधन नाका बन्द भएपछि ठप्प भएको छ । नाका अनिश्चितकालका लागि नाका बन्द गरिएको भारतिय सीमा प्रहरीले जानकारी दिएको इलाका प्रहरी कार्यलय पशुपतीनगरले..

गोरु तस्कर र भारतिय प्रहरी विच झडप हुँदा तिन जना गम्भिर घाईते

२९ फाल्गुन, झापा । नेपाल–भारतको सीमा नाका पर्ने झापाको कचनकवलमा गोरु तस्कर र भारतीय शशस्त्र प्रहरीवल एसएसबीबीच झडप हुँदा तीन जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा भारतीय एसएसबीका जवान रहेको बताईएकाृ छ । घाईते हुँनेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको भारत शिलगढीको एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । नेपाल–भारतको सीमा क्षेत्र पर्ने झापाको कचनकवल गाउँपालिका घेरावारी नाकाबाट रातको समयमा तस्कर समूहले ठूलो संख्यामा गाईगोरु विहार..

आगलागी पीडितलाई स्थानिय सरकारको राहत सामाग्री

२९ फाल्गुन । झापाको कमल गाउँपालिकाले मंलबारे बजारका अग्निपीडितलाई राहात सामाग्री वितरण गरेको छ । गत फाल्गुन २१ गतेका दिन कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारे बजारमा भएको आगलागी पीडित ४ परिवारलाई नगद र जस्तापाता हस्तान्तरण गरिएको बताईएको छ । आगलागीका कारण दुःखमा परेका परिवारलाई गाउँपालिकाले नियम अनुसार हिजो राहात उपलब्ध गराएको छ । राहलले पीडित परिवारको क्षतीलाई परिपूर्ति गर्न नसकेपनि केही हदसम्म मलम पट्टी लगाउन सहयोग पुग्ने कमल गाउँपालिकाका..

होलीमा उच्छृङ्ल गतिविधि गर्ने ६ जना झापाबाट पक्राउ

२८ फाल्गुन, झापा जिल्लामा होलीमा उच्छृङ्ल गतिविधि गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यलय झापाले नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरीले झापाबाट २ सय ७४ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा उच्छृङ्खल गतिविधि गर्ने सहित २७४ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उच्छृङ्खल गतिविधि गर्ने ६ जनालाई हिजो साँझ चेतावनी दिएर छाडिदिएको उहाँले बताउनुभयो । जिल्लाका मुख्य..

दमक अस्पतालको सेवा प्रवाहमा सुधार हुँदा विरामी लाभान्वीत

२८ फाल्गुन, झापा । केहि समय अगाडी सम्म झापाको दमक अस्पतालमा सरकारी क्षेत्रबाट निशुल्क उपलब्ध हुने औषधीहरु पनि प्राप्त गर्न निकै समस्या थियो । तर त्यो समस्या आजभोलि निकै न्यूनिकरण भएको छ । यसले विरामी लाभान्वित भएका छन् । सित्तैमा पाउनुपर्ने आौषधी पनि किन्नु पर्दथ्यो । तर हिजोआज त्यो समस्या कम हुदै गएको छ । यसले गरेर बिरामीहरुलाई राहत मिलेको छ । उपचारका लागी आउनुभएका डम्बर श्रेष्ठका अनुसार आज्कल अस्पतालको..

निजि वन सम्बन्धी कानुन सहज बनाउन माग

२६ फाल्गुन, काठमाडौं । प्रदेश र स्थानीय तहमा पारिवारिक निजी वन मैत्री कानुन बनाउन पारिवारिक निजी वन सघंले संघले आग्रह गरेको छ । संघ, प्रदेश र स्थानिय तहमा पारिवारिक निजी वनमैत्री कानुन नहुँदा निजी जग्गामा हुकाईएका कृषि वन उत्पादनको उपभोग र बिक्री वि तरण गर्न समस्या भएको संघले जनाएको छ । पारिवारिक निजी वन हुर्काउन सरकारले दुरुत्साहित गरेको सघंका केन्द्रीय उपाध्यक्ष इन्दिराकुमारी घिमिरेले अरोप लगाउनुभयो । किसानले आफ्नो बारीमा लगाएको एउटा..

झापा मेचिनगरको आम्दा अस्पताल बन्द हुने अवस्थामा

२५ फाल्गुन, झापा । झापाको मेचिनगर नगरपालिकामा रहेको १५ शैयाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारको ९८ लाख र मेचीनगर नगरपालिकाको ५० लाख रुपैँया अनुदानबाट स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पदमा खनालले निःशुल्क रुपमा प्रदान गर्नुभएको जग्गामा बनेको सो अस्पताल अहिले जिर्ण अवस्थामा पुगेको हो । स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको साझेदार संस्था मेची उद्योग वाणिज्य..