झापाका सिमावर्ती क्षेत्रमा थप कडाई, प्रहरीको तिन वटा अस्थाई वेस क्याम्प खडा

झापाका सिमावर्ती क्षेत्रमा थप कडाई, प्रहरीको तिन वटा अस्थाई वेस क्याम्प खडा

२८ चैत्र, झापा । झापाको सिमावर्ती क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पूर्ण रुपमा रोक लगाईएको छ । जिल्ला प्रहरी कार्यालय झापाले सिमाक्षेत्रका बिभिन्न स्थानमा १६ वटा निगरानी समिति गठन गर्दै प्रहरीलाई छक्कयाएर कोही पनि लुकी छिपी नेपाल प्रवेश गर्न नपाउन भन्ने उद्देश्यले स्थानीयसंगको सहकार्यमा निगरानी समिति बनाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणको समस्या भारतमा बढ्दै गएपछि खुल्ला सिमानाको फाइदा उठाउँदै नेपाली तथा भारतीय नागरिक लुकीछिपी नेपाल प्रवेश गर्न सक्ने भएकाले जिल्ला प्रहरी कार्यालय झापाले तीन जना प्रहरी निरीक्षकको कमाण्डमा थप एक सय ५० जना प्रहरीलाई सिमा क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । उहाँका अनुसार झापा जिल्लाका सिमा क्षेत्रमा प्रहरीले स्थानीय स्तरमा गठन गरिएको समितिसंग सहकार्य गर्दै सिमाको निगरानी गरिरहेको छ ।

सिमा क्षेत्रको निगरानीकालागि अहिले कचनकवलको पथरीया, झापा गाउँपालिकाको टाघनडुब्बा र गौरीगञ्जको कोरोवारीमा प्रहरीले अस्थाई वेस क्याम्प समेत निर्माण गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270