बिहीबारको मौसम : तीन प्रदेशका केही स्थानमा भारी वर्षा

२० भदौ, काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा..

पेरिस ओलम्पिकका कास्य पदक विजेता पलेशाको भव्य स्वागत

१९ भदौ, काठमाण्डौँ । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । केही बेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत गर्न हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए । अहिले पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याइनेछ । पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन् । कुनै पनि..

रवि लामिछानेविरुद्ध मुद्दा चलाउने तयारी

१८ भदौ, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले मुद्दा चलाउने तयारीमा जुटेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा नाम जोडिएका लामिछानेलाई पनि अभियुक्त बनाउँदै मुद्दा चलाउने तयारी भएको हो । सहकारी ठगी प्रकरणमा संलग्न अन्य सञ्चालक–पूर्वसञ्चालकविरुद्ध मुद्दा चलिसकेको छ ।  तर, लामिछाने तत्कालीन गृहमन्त्री भएका कारण उनीविरुद्ध लामो समयसम्म प्रहरीले अनुसन्धान गर्न सकेको थिएन । उनी गृहमन्त्रीबाट बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।..

सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिप्रति कांग्रेस सांसद खतिवडाको आपत्ति

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाउन पनि आग्रह गरे । एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन् । सांसद खतिवडाले..

कहाँ होलिन जेरुसा राई ?

१६ भदौ, काठमाण्डौँ । दुई वर्षअघि ६ असोज २०७९ को साँझ गायिका जेरुसा राई आमा इस्का घिमिरे राईसँगै खाना खाएर आफ्नो कोठातिर गएकी थिइन् । इस्कालाई बेलुकी टेलिभिजनमा समाचार हेर्ने बानी थियो, जेरुसा प्रायः आफ्नै कोठामा छिरेर ल्यापटपमा काम गरिरहन्थिन् । अरु बेला झैं त्यो दिन पनि सानेपास्थित घरमा आमा छोरी मात्रै थिए । इस्का सम्झन्छिन्, ‘सधैँ जस्तै आमाछोरी खाना खाएर आ–आफ्नो कोठातिर लागेका थियौं ।’ उनलाई लाग्यो – छोरी..

पलेशाले जितिन पेरिस ओलम्पिकमा कांस्य: नेपाली खेलकुद इतिहासकै ठूलो पदक

१६ भदौ, काठमाण्डौँ । नेपाली खेलकुद इतिहासकै ठूलो नाम बनेकी छन् पलेशा गोवर्धन । पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेपछि पारा तेक्वान्दो खेलाडी पलेशा यसको हकदार बनिन् । यो नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको ऐतिहासिक र पहिलो ठूलो पदक हो । ओलम्पिक संरचनामा नेपाली खेलाडीले पदक जित्नु धेरै टाढाको विषय थियो । त्यसमाथि पारा खेलाडीको हैसियतमा त झन् कठिनभन्दा कठिन । तर, ती सबै दायरा तोड्दै पलेशाले दोस्रो ओलम्पिक सहभागितामै देशलाई पदक दिलाएकी छन् । पेरिसस्थित ग्रान्ड..

मोरङको सुन्दरहरैँचामा दुई नाबालिग मृत भेटिए, आमा बेपत्ता

१६ भदौ, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई नाबालिग मृत भेटिएका छन् । उनीहरूकी आमा पनि बेपत्ता छिन् । घरमा श्रीमानसँग सामान्य झगडापछि २९ वर्षीया अस्मिता न्यौपाने छोरी लिएर हिँडेको बताइएको छ । धनकुटा घर भएका अर्जुन कार्कीको परिवार सुन्दरहरैँमा बस्दै आएको थियो । बन्दै गरेको घरमा पानी नहालेको विषयमा उनीहरूबीच विवाद भएको प्रहरीले बताएको छ । छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की हिजो दिउँसो एकैठाउँमा..

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल..

विश्वप्रकाशको दाबी- दुई पटक प्रधानमन्त्री र एक पटकमात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव पास हुन्छ

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिबाट आफूले राखेको प्रस्ताव पारित हुने दाबी गरेका छन् । उनले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने र एकपटक राष्ट्रपति बन्ने प्रस्ताव भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने बताए । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए । तर, सभापति शेरबहादुर देउवाले शर्माको..

पाँचथर विस्फोट : दुई बालिकाको मृत्यु , द्वन्द्वकै बेलाको हतियार भएको अनुमान

१४ भदौ, पाँचथर । पाँचथरको फलेलुंग गाउँपालिका वडा नम्बर ५ प्राङवुङको डाडागाउँका दिलीप साँवा वैदेशिक रोजगारीका लागि दुवइमा छन् । उनकी श्रीमती पूजा बिहीबार मेला गइन् । छोरो दिप्सन साँवा विद्यालय गए । विद्यालयमा परीक्षा भएका कारण उनी छिट्टै फर्किए । घरमा सानी अढाई वर्षकी बहिनी प्रिन्सा थिइन् । स्कुलबाट फर्किएपछि उनी बहिनीलाई लिएर साथी पवन राईको घर गए । पवनको घर र दिप्सनको घर भन्दा ४ मिनेटको दूरीमा पर्छ..