एमाले चुलाचुलीको अधिवेशनः अध्यक्ष र उपाध्यक्षमा निर्वाचन, सचिव र उपसचिव सर्वसम्मत

एमाले चुलाचुलीको अधिवेशनः अध्यक्ष र उपाध्यक्षमा निर्वाचन, सचिव र उपसचिव सर्वसम्मत

२० असोज, इलाम । नेकपा एमाले चुलाचुली गाउँपालिका कमिटीको अध्यक्षमा देउमान गिरी निर्वाचित भएका छन् । असोज १८ र १९ गते भएको अधिवेशनमा उनले अर्का अध्यक्ष पदका उम्मेद्धवार रणबहादुर लिम्बुलाई हराउदै निर्वाचित बनेका हुन् । निर्वाचित गिरीले ८३ मत प्राप्त गर्दा लिम्बुले ७१ मत प्राप्त गरेका थिए । गिरी २०८९ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा नं. ३ को वडाध्यक्ष पदका उम्मेद्धवार बनेर पराजित बनेका थिए भने लिम्बु २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट वडा नं. २ को वडाध्यक्ष निर्वाचित बनेका थिए ।

त्यस्तै उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा चुलाचुली २ का गणेश राई निर्वाचित बनेका छन् । उनी पुर्व शिक्षक हुन् । उनले ४४ मत प्राप्त गरेका थिए । एमालेका तर्फबाट २०७४ सालको निर्वाचनमा वडा नं. ४ को वडाध्यक्ष निर्वाचित बनेका कालिदास भट्राईले ३७ मत मात्र प्राप्त गरे भने युवा संघका केन्द्रिय सदस्य समेत रहेका नगेन्द्र श्रेष्ठले ३३ मत प्राप्त गरे । यस्तै बुद्धी सम्बाहाङ्फेले २५ मत प्राप्त गर्दा नेपालसिं राईले जम्मा १५ मत मात्र प्राप्त गरेका थिए । राई तत्कालिन चुलाचुली गाउँ विकाश समति (गा.वि.स.)का उपप्रमुख हुन् ।

यता सचिव पदमा भने चुलाचुली १ का सन्तोश थाम्सुहाङ सर्वसम्मत बनेका छन् । चुलाचुली ३ का रितु अधिकारीले उम्मेद्धवारी फिर्ता लिएपछि थाम्सुहाङ सर्वसम्मत बनेका हुन् ।

यसैगरी उपसचिव पदमा अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका चुलाचुली ५ का नितेश राई सर्वसम्मत बने । उपसचिव पदमा परेको ५ जनाको मनोनयमा ४ जनाले अन्तिम समयमा उम्मेद्धवारी फिर्ता लिएपछि राई सर्वसम्मत बनेका हुन् । सो पदमा निवर्तमान कमिटीका उपसचिव होमनाथ दाहाल सहित चुलाचुली २ का बुद्ध बोहोरा, चुलाचुली ३ का केशव गुरागाई र चुलाचुली ५ का छत्र पौडेलको उम्मेद्धवारी परेको थियो ।

उता अर्का उपसचिवमा महिला तर्फ एक जना सरु तामाङको मात्र उम्मेद्धवारी परेकाले उनि सर्वसम्मत बनिन् ।

एमाले चुलाचुली गाउँ कमिटीको दास्रो अधिवेशनले ४५ सदस्य कमिटी निर्वाचित गरेको छ । विभिन्न क्लस्टर र वडाबाट सर्वसम्मत रुपमा सदस्यहरु निर्वाचित भएको निर्वाचन समितीका संयोजक लेखनाथ खनालले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर