अनेरास्ववियुले गर्यो नेपाल–भारत सीमामा खबरदारी पदयात्रा

अनेरास्ववियुले गर्यो नेपाल–भारत सीमामा खबरदारी पदयात्रा

इलाम– इलामका विद्यार्थीले पूर्वी नेपालको भारतसँग जोडिएका क्षेत्रमा सीमा रक्षाका लागि खबरदारी गरेका छन् ।

उनीहरूले इलाम र भारत जोडिएको करिब ५० किलोमिटरमा पैदलयात्रा गरी सीमा अवलोकन र खबरदारी गरेका हुन् ।

यो क्षेत्रको दशगजामा बेला–बेला भारतीय पक्षले अतिक्रमण गरी संरचना बनाउनेगरेको छ । यहाँका कतिपय ठाउँमा भारतीय पक्षले अहिले पक्की संरचना नै निर्माण गरेको छ । तर, बेला–बेला विद्यार्थीले गर्नेगरेको दबाब कार्यक्रम भारतीय पक्ष पछि हट्नेगरेको देखिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटीको अगुवाइमा आयोजित सीमा क्षेत्र पदयात्रामा २७ विद्यार्थी सहभागी भएको अनेरास्ववियु केन्दीय सदस्य तथा इलामका ईन्चार्ज नितेश राईले बताए । कात्तिक १२ देखि १४ सम्म उनीहरूले स्थानीयसँग जानकारसँग सीमासम्बन्धी अन्तरक्रिया गरेको उनले बताए ।

उनीहरूले भारतीय सीमा सुरक्षा बल (एसएसबी), सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतसँग  पनि सीमा क्षेत्र र त्यसको अवस्थाबारे छलफल गरेका छन् ।

देशको भौगोलिक क्षेत्र रक्षा र सीमा बचाउन आफूहरूले दबाबमूलक अवलोकन र पदयात्रा गरेको अनेरास्ववियु जिल्ला  अध्यक्ष सचिनजंग रायमाझीले बताए ।

आफूहरूले रोङ गाउँपालिकाको पाटापुरदेखि समालबुङ, छब्बिसे, पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, मेघमा, जौबारीलगायत क्षेत्रमा पदयात्रा गरेको उनको भनाइ छ ।

केही वर्षअघि भारतले भारतीय पक्षले सीमा मिच्दा विद्यार्थीले सन्दकपुर क्षेत्रमा नारबाजी गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर