१४ कार्तिक, झापा । निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली गाउँपालिकाको कमल खोलादेखि माइ नगरपालिकासम्म सडक निर्माणका काम सुरु हुने भएको छ ।
आज शिवसताक्षी नगरपालिकाको दूधेमा मदन मण्डारी राजमार्ग आयोजना अन्तर्गत उक्त क्षेत्रको आइईई प्रतिवेदन सार्वजनिक गरेको हो ।
वि.सं. २०७५ साल जेठ ०६ गते मन्त्री परिषदको निर्णय अनुसार चुरिया क्षेत्र र भित्री मधेशका उपत्यकाहरु जोड्नका लागि मदन भण्डारी राजमार्गको अवधारण ल्याएको थियो । जसले पूर्व झापाको बाहुण्डागीदेखि भित्री मधेशका प्रमुख शहरहरु धरान, गाइघाट, सिन्दुलीमाढी हेटौडा, भरतपुर, तम्घास, घोराई, तानसेन सुर्खेतहुँदै डडेलधुरासम्म हुने आयोजनाले जनाएको छ ।
हाल चुलाचुलीको कमल खोलासम्म सडक निर्माणका काम सुरु भएपनि कमलदेखि माइनगरपालिकासम्म भने काम सुरु हुन सकेको छैन । विभिन्न राजनीतिक कारणहरुका बाजबुत आयोजनाले ४ वर्ष अघि गरेको डिपिआर अनुसार सडक नबन्ने भएपछि सम्वन्धित पालिका र स्थानीय बासीहरु खबरदारी आएका थिए ।
हाल कमल खोलादेखि माइनगरपालिकाको माईखोलासम्मको २५.३०२ किमीसडक निर्माण लागि आइ.इ.इ प्रतिवेदन सार्वजनिक गरिएको हो ।
उक्त सडक शिवसताक्षी नगरपालिका वडा नं. ११ उत्तर सतासीधाम खानेपानी ट्यांकीबाट दक्षिण दूधे बजारमा जोडी माइधारसम्म महेन्द्र राजमार्गमा ओभरल्याव गर्ने गरी आइइइ प्रतिवेदन तयार भएको होमल्याण्ड इन्जिनिनियरिङ कन्सल्टेन्सी प्रा.लिका परापर्शदाता मिन थापाले जानकारी दिनुभयो । उहाले सडक क्षेत्रअधिकार भित्र पर्ने स्थानमा प्रारम्भिक वातावरण परीक्षणको सान्दर्भिकता, भौतिक विवरण, जैविक वातावरण सम्वन्धी सम्पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।
उक्त प्रतिवेदन माथि छलफलका क्रममा चुलाचुली गाउँपालिका र शिवसताक्षी नगरपालिकालेका प्रमुखहरु, मदन भण्डारी राजमार्ग संघर्ष समिति र स्थानीयबासीले उक्त सडक पानीट्याकंकीबाट दूधे बजार नजोडी पुरानै डिपिआरमा कायम गर्नु पर्ने धारणा राखे । उनीहरुले मदन भण्डारी राजमार्ग बैकल्पिक सडकका रुपमा रहेकाले यसमा राजनीतिकरण नगरी साविकको डिपिआर भएको चुलाचुलीको कान्छी चोकबाट कमलखोला, सताक्षीधाम मन्दिर, सतासीधाम खानेपानी ट्यांकी हुँदै चुरेको फेदबाट दोमुखा जोड्नु पर्ने धारणा व्यक्त गरेका थिए ।