अभियुक्त पक्राउन नपरेसम्म शव नउठाउने परिवारको अडान

९ कार्तिक, झापा । झापाको दमक ३ स्थित बेलडाँगी–मधुमल्ला सडक खण्ड अन्तर्गत मावा खोला किनारमा मंगलबार हत्या गरिएका देशु भनिने यमु निरौलाको शव उठाउन परिवारले इन्कार गरेका छन् ।

अहिले मृतक निरौलाको शव दमक अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले मुख्य अभियुक्तलाई समाएर कानुनी दायरामा नल्याएसम्म शव नउठाउने मृतकका दाजु नवराज निरौलाले बताए ।

बुधबार इप्रका दमकमा दिएको किटानी जाहेरीमा दमक–८ का बुद्धि थापा, दमक–३ का शेरबहादुर नेम्वाङ, दमक–३ मानै बसोबास गर्ने संखुवासभा मादीका गणेश दर्जी, मोरङ उर्लाबारी–६ का प्रकाश कार्की, ७ का धु्रव गौतम र इटहरीका डेविड घले रहेका छन् ।

सीसी क्यामेरा फुटेजमा दमक–३ का नम चेम्जोङलाई देखेपछि बिहीबार उनको नाम पनि किटानी जाहेरी दिइएको छ ।

मृतक ३७ वर्षीय निरौलाका श्रीमतीसहित ११ वर्षीय छोरा र ९ वर्षीय छोरी रहेका छन् । यस घटनामा आरोपित मध्ये २ जना ध्रुव गौतम र प्रकाश गौतम पक्राउ परेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270