मुख्य समाचार

ओलीका अस्त्रहरु घेराबन्दी तोड्न विफलः महाधिवेशनको कार्ड मान्य छैन-प्रचण्ड
४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् । उनले ओलीले गरेको ‘अर्ली महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा स्पष्ट पारेका हुन् । ‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन । सहमति बिनै..

राष्ट्रपति भण्डारीसँग नेकपा अध्यक्षद्धयको भेट, माधव नेपाल रुष्ट
४ श्रावण, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार साँझ भेटवार्ता गरेका छन् । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् । भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला हिजो सचिवालय बैठकसमेत बसेको थियो ।..

नेकपा सचिवालय बैठक सम्पन्नः पार्टीको विवाद अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय
३ श्रावण, झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी विवादलाई थप छलफल गरेर टुंग्याउने निर्णय गरेको छ । आज दिउँसो ३ बजेदेखि साझ ७ बजेसम्म बसेको बैठकले पार्टी विवादबारे अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘पार्टीको समग्र समस्याको बारेमा छलफल भएको हो । आजको छलफल राम्रोसँग भएको छ । तर विवाद समाधान भएको छैन । दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने सहमति भएको..

कुर्सी भाँचिदिने प्रधानमन्त्री ओलीको चेतावनी !
३ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सीमित नेताहरुलाई मात्र थाहा भएको एउटा प्रसंग छ, जसले असार १० बाट शुरु भएको स्थायी कमिटी बैठक ‘न मरीजाने, न गरीखाने’ अवस्थामा र्पुयाइदिएको थियो । प्रसंग हो, स्थायी कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले बहुमत पक्षका नेताहरुलाई दिएको कडा चेतावनी । आफूलाई प्रधानमन्त्री वा अध्यक्षबाट गलहत्याएर निकाले कुर्सी भाँच्दिन्छु, हात छाडे (कुनै एक्सन लिए) उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु भनेर प्रधानमन्त्री ओलीले..

नेकपा सचिवालय बैठक आज बस्दै
३ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टीको आन्तरिक विवाद समाधानका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्ने भएको हो । सरकारका क्रियाकलाप तथा पार्टी एकताका बाँकी प्रक्रियामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको छ । नेकपाको विवाद उत्कर्षमा पुगेपछि शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी..

नेपालमा कोरोना संक्रमित संख्या ५ हजार ८७१ पुग्यो
२ श्रवण, काठमाण्डौँ । नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ । नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् । थप संक्रमितमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका ३, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौतहटका ८, सिन्धुलीका १, काभ्रेका १, काठमाडौँका १, पाल्पाका १, लम्जुङका २२,..

मौद्रिक नीति सार्वजनिकः कोरोना प्रभावितलाई विशेष राहतसहितको व्यवस्था
२ श्रवण, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावितलाई विशेष राहतसहितको व्यवस्था गरेको छ । नीतिले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जनलगायत पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज तिर्ने समय अवधि थप भएको छ । बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई मध्यनजर गर्दै कर्जा भुक्तानी अवधिको म्याद थप..

आज बस्ने नेकपा स्थायी समिति बैठकमा ओलीको राजिनामा नमागिने
२ श्रवाण, काठमाण्डौँ । स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद केन्द्रीय कमिटीमा पुग्ने भएको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक निर्णय गर्न असफल भएपछि विवादित विषयको निरुपण गर्ने जिम्मा केन्द्रीय समितिमा लैजाने तयारी भएको हो । आज बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने र त्यहीँबाट समस्याको समाधान निकाल्न शीर्ष नेताहरु तयार भएको एक सचिवालय सदस्यले जानकारी..

दाहाल–नेपाल–खनाल भन्दा ओली तीन कदम अगाडी
१ श्रवाण, झापा । नेपाल कम्युनिस्ट पार्टीभित्र २० दिनयता बल्झिएको विवादको अझै टुंगो लाग्न सकेको छ । सहमति निकाल्न अनेकन प्रयास भएपनि निस्किएको छैन । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटार पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई सकेको गर्न चुनौती दिदै कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेको स्रोतले जानकारी दिएको छ । यसले फेरि टकराव बढाएको छ । स्रोतका अनुसार, प्रचण्ड र नेपाल..

नेपालमा कोरोना संक्रमण दर कम हुँदै, आज १६७ जनामा मात्र संक्रमण पुष्टि
१ श्रवाण, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको बताएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ । देश भरमा आज १६७ जना मात्र कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १७ हजार ३ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । हालसम्म ११..