मुख्य समाचार
कोरोनाको ओखती फेला पर्ला तर नेकपाको ओखती नपाइने भो !–गोकुल बाँस्कोटा
२४ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीभित्रको झगडाको ओखती काठमाडौंमा नपाईने टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले यस्तो बताउनुभएको हो । उहाँले ट्विटरमा लेख्नुभएको छः–‘२०५४को झझल्को पो आउन थाल्यो त नेकपामा ! बरु कोरोनाको ओखती फेला पर्ला ! नेकपाको झगडाको ओखती कमसेकम काठमाडौंमा चै नपाइने भो जस्तो छ । बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ..
नवप्रवेशीको आडमा शक्ति संञ्चय गर्दे देउवा
२४ श्रावण, काठमाण्डौँ । नेपाली काँग्रेसमा १४औं महाधिवेशनको मिति तय भएसँगै सुरु भएको आन्तरिक रस्साकस्सी जारी छ । श्रावण १० गते यता स्थानीय तहको पार्टी संगठन क्रियाशील सदस्यता वितरण र नवीकरणमा कांग्रेस लागिपरेको छ । महाधिवेशनका लागि शक्ति संञ्चयको होडबाजी चल्दैगर्दा शीर्ष नेताहरुको कार्यकर्ता फकाउने आ–आफ्नै रणनीति छ । सभापति शेरबहादुर देउवाले पद बाँड्ने नीति अख्तियार गरेको पाइन्छ भने संस्थापन इतर पक्ष देउवालाई असफल सिद्ध गरेर महाधिवेशनमा आफूलाई विकल्पको रुपमा..
नारायणकाजीलाई वामदेवको सुझावः पार्टी फुटको पीडा मलाई थाहा छ, फुट्नु हुन्न !
२४ श्रावण, काठमाण्डौँ । हिजो (शुक्रबार) साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई उहाँकै निवास भैंसेपार्टीमा भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ पुग्नुभयो । श्रेष्ठले नेकपा विवाद समाधानका विषयमा कुराकानी गर्नुभयो । उहाँले ओलीको राजीनामाको दबाब बलियो बन्दै जाँदा यताउता नहुने गौतमलाई आग्रह गर्नुभयो । गौतमको असन्तुष्टिबारे पनि बुझ्न खोज्नुभयो । स्रोतका अनुसार श्रेष्ठ अध्यक्ष प्रचण्डसँग कुरा गरेर गौतम निवास पुग्नुभएको थियो । तर, गौतमले आफू ६ बुँदे प्रस्तावबाटै सहमति निकाल्नुपर्ने..
नेम्वाङलाई प्रचण्डको प्रश्नः तपाईहरु पार्टी एकता चाहनुहुन्छ कि विग्रह ?
२४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार बिहान फोन गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सुवासजीलाई पठाउनोस्, तपाईंसँग कुरा गरेर पार लागेन’ भने लगत्तै नेम्वाङ्ग खुमलटार पुगे । सामान्य औपचारिकतापछि अध्यक्ष दाहालले भने ‘तपाईंहरूको एकोहोरो कुरो मात्रै कति सुन्ने ? अलि सम्झाउनुस् । तपाईंहरूले पनि अलिकति बुझ्नुहोस्, के भएको छ ? कसो भएको छ भनेर’ स्रोतका अनुसार प्रचण्डले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको दावी गरेका..
ठोरीको अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा लाग्न प्रधानमन्त्रीको निर्देशन
२४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले हिजो माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गर्नुभयोे । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भन्नुभयो, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै..
नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाध्यो, ७० जनाको मृत्यु
२३ श्रावण, काठमाण्डौँ । कोरोना भाइरसको संक्रमण देशभरका थप ४६४ जनामा पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । त्यस्तै आज ४ सय २५ जना उपचारपछि डिस्चार्ज भएका छन्..
नारायणकाजीलाई रिमालको कटाक्षः विधिको नक्कली गीत गाउँदै गुटबन्दीको उत्तोलक नबन्नुहोस्
२३ श्रावण, काठमाण्डौँ । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठबारे तितो टिप्पणी गरेका छन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गर्नुभएको छ । ‘कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्’ रिमालले ट्वीटमा लेख्नुभएको छ–‘विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’ मुलुक संवेदनशील मोडमा रहेको..
प्रचण्ड र सुवास नेम्वाङबीच भेटवार्ता, पार्टी विभाजनको ‘डिल’मा
२२ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र अब वार कि पारको लडाईं शुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी फुटबाट जोगाउन अन्तिम प्रयास हुने भएपनि त्यसले सकारात्मक परिणाम निकाल्ने सम्भावना क्षीण भएको छ । ओलीलाई सत्ताबाट हटाइछाड्ने अडानमा प्रचण्ड देखिएका छन् भने ओली कुनै हालतमा सत्ताबाट नहट्ने अडानमा छ । यसरी दुई नेताहरुको टकरावले फुटको संघारमा नेकपा पुगेको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी..
देशव्यापी रुपमा एउटै खालको लकडाउन हुँदैन, आजबाट जोरबिजोर प्रणाली लागु
२२ श्रावण, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको दर यही अवस्थामा रहेमा भदौदेखि शैक्षिक संस्था, हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने कार्यसूची परिमार्जन हुन सक्ने बताउनुभएको छ । काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले ‘परीक्षण धेरै गरेको भए संक्रमित धेरै देखिन्थे, सरकारले परीक्षण नगरेको कारण संक्रमित भेटिएन’ भन्ने आरोपमा दम नरहेको समेत बताउनुभयो । उहाँले स्वास्थ्य सामग्री खरिद गर्दा ‘भ्रष्टाचारको बात लागेको’ गुनासोसमेत गर्नुभयो । अनियमितता भए..
प्रचण्ड–माधव समुहले पार्टी विभाजनको खुलमखुल्ला हाँक दियोः सुर्य थापा
२२ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको विवाद चुलिंदै जाँदा हिजो मात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले आफु निटकका पत्रकारहरु संग भेटघाट गरे । यसमा धेरैका खालका टिप्पणीहरु सुरु भएको छ । नेकपाभित्र नयाँ तरंग ल्याएको छ । हिजो प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पत्रकारहरु संग भेटेर अहिले पार्टीभित्र भईरहेको द्धन्द पदका लागि नभई पार्टी सुदृढीकरणका लागि भएको जिकिर गरेको समाचार बाहिर आएको थियो । त्यसको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७