![]()
२४ भाद्र, काठमाण्डौँ । आज १०७ औं वीपी जयन्ती । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा विविध कार्यक्रम गरी वीपी जयन्ती मनाइँदैछ ।
नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गर्नुभएको थियो । वीपीको समाजवाद नेपाली राजनीतिलाई नयाँ दिशा दिने कोसेढुंगा हो । तर, उहाँकै दल नेपाली काँग्रेसले वीपीको आदर्श भुलेको विषय उठ्ने गरेको छ ।
वीपी राजनीतिमा भन्दा साहित्यमा अझ छाउनुभएको थियो । उहाँको सुम्निमा, तीन घुम्ती जस्ता उपन्यास लोकप्रीय मात्र नभई नेपाली समाजको तस्बिर बनेका छन् । साहित्य, इतिहास देखि दर्शनशास्त्रमा समेत वीपीको विशिष्ट योगदान छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७