आजसम्म ६४ हजार ४ सय २२ जनाले कारोना विरुद्धको खोप लगाए

आजसम्म ६४ हजार ४ सय २२ जनाले कारोना विरुद्धको खोप लगाए


१७ माघ, काठमाण्डौँ । आज देशभर १४ हजार ८ सय ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश–१ मा १ हजार ५ सय ४७, प्रदेश–२ मा २ हजार १ सय १०, वाग्मती प्रदेशमा ५ हजार ४ सय २, गण्डकी प्रदेशमा १ हजार ८ सय ८७, लुम्बिनी प्रदेशमा २ हजार ६३, कर्णाली प्रदेशमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनाले खोप लगाइएका छन् ।

योसँगै खोप अभियानको चौथो दिनसम्म ६४ हजार ४ सय २२ जनाले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज १ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ६ सय १८ नमुना परीक्षण गर्दा ६६ पुरुष र ४३ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यता नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ ।

कोरोना संक्रमणबाट आज थप ३ सय ५० जना निको भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६६ हजार ४८ पुगेको छ ।

२ हजार ७ सय ७९ सक्रिय सङ्क्रमितमध्ये १ सय ४४ जनाको आइसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार २७ पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर