स्वास्थ्य / जीवनशैली

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल
१८ पौष, काठमाडौं । नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल विमर्श गरेका हुन् । केही दिन अगाडीमात्रै कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णयबाट प्रबन्ध निर्देशक भएका प्रा।डा। अन्सारीले कलेजले स्थानीय तहका नागरिकहरुलाई प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई कसरी सुधार गर्ने, कस्ता सेवाहरु थप गर्ने, जनताका..

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडाैं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया
१२ पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिष लाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते..

भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण
११ पुष, बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो । पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भारतका विभिन्न ठाउँहरूबाट सुदूरपश्चिम प्रवेश गर्नेहरूमध्ये केहीमा कोभिड सङ्क्रमण देखा पर्न थालेको उनले बताए..

कोभिड-१९ संक्रमितको संख्या ५२ प्रतिशतले वृद्धिः विश्व स्वास्थ्य संगठन
नयाँ दिल्ली । पछिल्लो चार हप्तामा कोभिड-१९ का नयाँ संक्रमितको संख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । डब्ल्यूएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोरोना संक्रमितको मृत्यु संख्या आठ प्रतिशतले कमी आई विश्वभर कुल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ ।” डिसेम्बर १७ सम्ममा कोभिड-१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी संक्रमित पुष्टि भएका छन् । करिब ७०..

इलाममा गर्भवतीलाई अस्पताल पुर्याउन निशुल्क एम्बुलेन्स सेवा
५ पुष, इलाम । इलामको देउमाई नगरपालिकाले नगरभित्रका गर्भवतीलाई प्रसूति सेवाका लागि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । देउमाई नगरपालिकाले नगरभित्रका गर्भवतीलाई प्रसूति सेवाका लागि इलाम अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा दिन थालिएको नगरप्रमुख सूर्य पोख्रलेले बताए । ‘गर्भवतीलाई आवतजावतमा समस्या अन्त्य गर्न एम्बुलेन्स सेवा सुरु गरिएको हो’ नगर प्रमुख पोख्रेलले भने, ‘नगरपालिकाभित्र बसोबास गर्ने गर्भवतीलाई प्रसूति सेवाका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पतालसम्म लैजानुपरेमा एकतर्फी निःशुल्क सेवा दिने व्यवस्था..

धरानमा डेंगु संक्रमण दर केही घट्दो, हालसम्म १३ जनाको मृत्यु
१९ भाद्र, काठमाण्डौँ । सुनसरीको धरानमा डेंगु संक्रमण दर केही घटेपनि जोखिम भने कायमै रहेको छ । धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा डेंगु सङ्क्रमणबाट हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । जसमा सबैभन्दा धेरै वडा नम्बर ११ रहेको छ । उक्त वडामा डेंगुबाट ४ जनाको मृत्यु भएको छ । वडा नम्बर १५ र १८ मा २\२ जना र अन्य वडाहरु २, ५, १०, १६ र १७ मा १\१ जनाको मृत्यु..

मेची नेत्रालय दमकमा मोतिविन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया
दमक, १५ फागुन । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो । यसअघि नेत्रालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । नेत्रालयले दमक नगरपालिका ९, चुलाचुली गाउँपालिका इलामको १ र ६ नम्बर वडामा, कमल गाउँपालिका झापाको २, ३ र ६ नम्बर वडामा र शिवसताक्षी नगरपालिकाको ११..

झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ
२० श्रावण, झापा । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिटै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शैय्याको कोभिड उपचार केन्द्र रहेकोमा ६० जना संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टङ्क बाराकोटीले बताउनुभयो । अस्पतालको ६० वटा शैय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शैय्या भरिएको छ । अक्सिजन सपोर्ट चाहिने नयाँ विरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ..

इलाम हङ्कङ समाजद्धारा माङ्सेवुङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान
२ श्रावण, इलाम । इलाम हङ्कङ समाजले आज माङ्सेवुङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । हङ्कङमा बस्ने इलामबासीहरुले माङ्सेवुङका लागि २० थान थर्मलगन र २० थान अक्सोमिटर गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बालाई हस्तान्तरण गरेका हुन् । कोरोना महामारीबाट संक्रमित हुनेहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले इलाम हङ्कङ समाजले उक्त स्वास्थ्य सामाग्री वितरण गरेको समाजका पुर्व सचिव शिशिर राईले बताउनुभयो । कोरोना संक्रमितको उपचारमा यस स्वास्थ्य सामाग्रीले थप सहजता हुने भन्दै इलाम..

२६ जनामा कालो ढुसीको संक्रमण पुष्टि, औषधि अभावमा उपचारमा समस्या
१६ असार, काठमाण्डौँ । कोरोना बिरामीमा प्रकोपको रुपमा देखिएको म्यूकोर्माइकोसिस (कालो ढुसी) संक्रमण नेपालमा अहिलेसम्म २६ जना बिरामीमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी भर्ना भएका छन् । भर्ना भएका मध्ये दुईजनाको अवस्था गम्भिर रहेको अस्पतालका डा. रवीन्द्रभक्त प्रधानाङ्गले जानकारी दिनुभयो । समयमै अस्पतालमा नपुग्दा धेरैजना बिरामीमा जटिलता हुनसक्ने र आँखा नै नदेख्ने समस्या हुने गरेको उहाँले बताउनुभयो । कालो..