कोरोना भाईसबाट वच्न अखिल इलामको सचेतना अभियान

७ चैत्र, झापा । अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा जिल्लाका स्थानिय तह तथा विभिन्न बस्तीहरुमा कोरोना भाईरस सम्बन्धी सचेतनामुलक अभियान संञ्चालन गर्न सुरु गरिएको छ । अभियानमा कोरोना भाईरस सम्वन्धी सचेतना जगाउने पोष्टर तथा पम्प्लेट टास गर्ने जस्ता कार्यहरु भईरहेका छन् । आज इलाम नगरपालिकाको तिल्केनी, गोलाखर्क निगुरे, सिङफृङ, महाभिर, बाह्र बस्ती लगायतका बस्तीहरुका घरघरमा गएर कोरोना भाइरस बारे जनचेतना मुलक सामाग्री बितरण साथै जनचेतना जगाईएको अनेरास्ववियू जिल्ला कमिटी इलामका..

कोरोनको संक्रमण रोक्न झापाका स्थानिय तहमा आपत्कालीन क्वारेन्टाइन बनाउन निर्देशन

५ चैत्र, झापा । छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न झापाका १५ वटै स्थानीय तहमा आपत्कालीन क्वारेन्टाइन व्यवस्थापनको तयारीमा लाग्न प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले निर्देशन दिनुभएको छ । कोरोनाको संक्रमणबाट जिल्लावासीलाई बचाउन जिल्ला प्रशासन कार्यालय झापाका कार्यालय प्रमुखहरूको बैठकबाट सो निर्णयभएको बताएईको छ । सो निर्देशन बमोजिम कोरोना सङ्क्रमणको आशङ्का लागेका व्यक्तिलाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न भद्रपुरमा क्वारेन्टाइन बनाउने गृहकार्य सुरु भएको छ..

कोरोना भाइरसको संक्रमण रोक्न भन्दै इलामको पशुपतीनगर नाका बन्द

१ चैत्र, झापा । मित्र राष्ट्र चिनबाट विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै नेपालको पूर्वि जिल्ला इलामको पशुपतिनगर नाका बन्द भएको छ । भारतको पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबारबाट पशसपती नगर नका बन्द गरेको हो । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सवारी साधन नाका बन्द भएपछि ठप्प भएको छ । नाका अनिश्चितकालका लागि नाका बन्द गरिएको भारतिय सीमा प्रहरीले जानकारी दिएको इलाका प्रहरी कार्यलय पशुपतीनगरले..

दमक अस्पतालको सेवा प्रवाहमा सुधार हुँदा विरामी लाभान्वीत

२८ फाल्गुन, झापा । केहि समय अगाडी सम्म झापाको दमक अस्पतालमा सरकारी क्षेत्रबाट निशुल्क उपलब्ध हुने औषधीहरु पनि प्राप्त गर्न निकै समस्या थियो । तर त्यो समस्या आजभोलि निकै न्यूनिकरण भएको छ । यसले विरामी लाभान्वित भएका छन् । सित्तैमा पाउनुपर्ने आौषधी पनि किन्नु पर्दथ्यो । तर हिजोआज त्यो समस्या कम हुदै गएको छ । यसले गरेर बिरामीहरुलाई राहत मिलेको छ । उपचारका लागी आउनुभएका डम्बर श्रेष्ठका अनुसार आज्कल अस्पतालको..

आधुनिकता संगै बजारमा साईकल हराए

२८ फाल्गुन, झापा । बदलिदो जीवन शैलीसंगै मान्छेको ब्यस्तता बढेको छ । ब्यस्तताले मान्छेको रोजाइ छिटो र व्यवस्थित सवारी साधनमा केन्द्रित छ । एउटा यस्तो समय थियो, साईकलको नम्बरप्लेट दिन्थ्यो गा.वि.स. र नगरपालिकाले । गाँउमा साईकल गुडाउनेको अर्काै सान थियो । गितमा पनि साईकल सुनिन्थ्यो । तर दशक अघि साघुँरो गल्लीदेखि फराकिला बाटोमा देखिने साइकलको लर्कोलाई मोटरसाइकल र मोटरले विस्थापित गरिदिएको छ । दमक बजारको दन्तकाली साईकल स्टोरका प्रबन्धक राजकुमार..

झापा मेचिनगरको आम्दा अस्पताल बन्द हुने अवस्थामा

२५ फाल्गुन, झापा । झापाको मेचिनगर नगरपालिकामा रहेको १५ शैयाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारको ९८ लाख र मेचीनगर नगरपालिकाको ५० लाख रुपैँया अनुदानबाट स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पदमा खनालले निःशुल्क रुपमा प्रदान गर्नुभएको जग्गामा बनेको सो अस्पताल अहिले जिर्ण अवस्थामा पुगेको हो । स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको साझेदार संस्था मेची उद्योग वाणिज्य..

झापाको शिवसताक्षीमा कोरोना भाइरस सम्वन्धी सचेतना अभियान सुरु

२५ फाल्गुन, झापा । झापाको शिवसताक्षी नगरपालिकामा हिजोबाट कोरोना भाइरस सम्बन्धी सचेतना अभियान शुरु गरिएको छ । कोरोना भाइरसले विश्व समुदायलाई आतङ्कित बनाइरहेको अवस्थामा स्थानिय नगरिकलाई सचेतता अपनाउन आग्रह गर्दै सतासीधाम जेसिसको आयोजनामा अभियान शुरु गरिएको हो । शिबसताक्षी नगरपालिका वडा न. ८ को डुडामरी, झिलझिले लगायतका बजारमा कोरोन भाइरसका लक्षण के कस्ता हुन्छन् ? यो रोबाट कसरी बच्न सकिन्छ ? भनेर नगरिकरुलाई सचेत बनाउन अभियान शुरु गरिएको सतासीधाम जेसिज..

कोरोना भाइरसको संक्रमण फैलिन नदिन इलाममा उच्च सतर्कता, पशुपतिनगर नाकामा परिक्षण केन्द्रको स्थापना

२३ फाल्गुन । इलाम जिल्लाको पूर्वी नाका पशुपतिनगरमा कोरोना भाइरसको संक्रमण रोक्न सहायता तथा परामर्श केन्द्रको स्थापना गरिएको छ । सुर्योदय नगरपालिका स्वास्थ्य शाखाको व्यावस्थापनमा नेपाल भारतको सिमा क्षेत्रमा दुई वटा सहायता केन्द्र स्थापना गरेको हो । स्वास्थ्य सहायता कक्षमा भारत, बंगलादेश, भुटान लगायातका मुलुकबाट आएका मानिसमा कोरोना भाइरस भए नभएको बारे स्वास्थ्य जाँच गरिने सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । सहायता केन्द्रमा दैनिक पाँचजना चिकित्सले बिहान ८..

प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण सफल: नयां मृगौलाले काम गर्न थाल्यो

२१ फाल्गुन, काठमाण्डौँ । नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला प्रत्यारोपण सफल भएको छ । चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पताल महारजगन्जले जनाएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण शल्यकृया सुरु भएको बताईएको थियो । प्रत्यारोपण गरिएको मृर्गौलाले काम गर्न थालेको शल्यकृयामा सहभागी चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलो संङ्खयामा नेता,..

चुलाचुलीमा नसर्ने रोग सम्वन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न

२० फाल्गुन । इलामको चुलाचुली गाउँपालिकामा नसर्ने रोग सम्वन्धी एक दिने खोज पड्ताल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यलय इलामको आयोजनामा र चुलाचुली गाउँपालिकाको समन्वयमा सोमवार सो कार्यक्रम चुलाचुली २ स्थित स्वास्थ्य केन्द्रमा सम्पन्न भएको हो । स्वास्थ्य कार्यलय इलामका प्रमुख व्रिजकुमार दासका अनुसार सो खोजपड्ताल कार्यक्रममा निशुल्क रुपमा नसर्ने रोगहरुको चेकजाच गरिएको थियो । नसर्ने रोग मधुमेह, ब्लड प्रेसर, मुटु रोग सम्वन्धी समस्या, दम, स्तन तथा..