
७ चैत्र, झापा । अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा जिल्लाका स्थानिय तह तथा विभिन्न बस्तीहरुमा कोरोना भाईरस सम्बन्धी सचेतनामुलक अभियान संञ्चालन गर्न सुरु गरिएको छ । अभियानमा कोरोना भाईरस सम्वन्धी सचेतना जगाउने पोष्टर तथा पम्प्लेट टास गर्ने जस्ता कार्यहरु भईरहेका छन् ।
आज इलाम नगरपालिकाको तिल्केनी, गोलाखर्क निगुरे, सिङफृङ, महाभिर, बाह्र बस्ती लगायतका बस्तीहरुका घरघरमा गएर कोरोना भाइरस बारे जनचेतना मुलक सामाग्री बितरण साथै जनचेतना जगाईएको अनेरास्ववियू जिल्ला कमिटी इलामका संयोजक प्रवेश पराजुलीले जानकरी दिनुभयो ।
उक्त अभियानमा अनेरास्ववियू केन्द्रिय सदस्यद्वय रबिन्द्र सुवेदी, सन्दिभक्त शंकर, राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्ला कमिटी सचिवालय सदस्य छत्र दर्लामी, जिल्ला कमिटी संयोजक प्रवेश पराजुली , सहसंयोजक बिपिन पोख्ररेल, जिल्ला नेता मिलन खत्री, नयन राई लगायतका युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
२० भन्दा बढी समुहमा अनेरास्ववियू टोलि गाउँ गाउँ गएर जनचेतना जगाएको अभियानमा सहभागी अनेरास्ववियूका केन्द्रिय सदस्य रविन्द्र सुवेदीले बताउनुयो ।

अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा आजै जिल्लाका दशै वटा स्थानिय तहका गाउँ बस्तिहरुमा सचेतनाका लागि घरदैलो अभियान संचालन गर्ने समेत संयोजक पराजुलीले जानकारी दिनुभयो । कोरोना बारेमा केही जानकारी नभएको नागरिकलाई सचेत गर्न यो अभियान चलाएको अनेरास्ववियू इलामका सहसंयोजक विपिन पोख्रलले बताउनुभयो ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७