कोरोना भाइरसको संक्रमण फैलिन नदिन इलाममा उच्च सतर्कता, पशुपतिनगर नाकामा परिक्षण केन्द्रको स्थापना

कोरोना भाइरसको संक्रमण फैलिन नदिन इलाममा उच्च सतर्कता, पशुपतिनगर नाकामा परिक्षण केन्द्रको स्थापना

२३ फाल्गुन । इलाम जिल्लाको पूर्वी नाका पशुपतिनगरमा कोरोना भाइरसको संक्रमण रोक्न सहायता तथा परामर्श केन्द्रको स्थापना गरिएको छ । सुर्योदय नगरपालिका स्वास्थ्य शाखाको व्यावस्थापनमा नेपाल भारतको सिमा क्षेत्रमा दुई वटा सहायता केन्द्र स्थापना गरेको हो ।

स्वास्थ्य सहायता कक्षमा भारत, बंगलादेश, भुटान लगायातका मुलुकबाट आएका मानिसमा कोरोना भाइरस भए नभएको बारे स्वास्थ्य जाँच गरिने सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । सहायता केन्द्रमा दैनिक पाँचजना चिकित्सले बिहान ८ बजेदेखि बेलुकाको ६ बजेसम्म नेपाल प्रवेश गर्ने यात्रीको “थर्मल गन” को प्रयोग गरी तापक्रम परीक्षण गर्ने प्रमुख राईले जानकारी दिनुभयो ।

परीक्षणको क्रममा रोग लागेको शंका पाइएमा नेपालीहरूको हकमा नगरपालिका स्वास्थ्य शाखाले समन्वय गरी तोकिएको ठाउँमा उपचारका लागि पुर्याउने व्यवस्था गरिएको बताईएको छ । अन्य देशको हकमा भने सम्वन्धित देशको कार्यलयमा फिर्ता पठाइने बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर