झापाको शिवसताक्षीमा कोरोना भाइरस सम्वन्धी सचेतना अभियान सुरु

झापाको शिवसताक्षीमा कोरोना भाइरस सम्वन्धी सचेतना अभियान सुरु


२५ फाल्गुन, झापा । झापाको शिवसताक्षी नगरपालिकामा हिजोबाट कोरोना भाइरस सम्बन्धी सचेतना अभियान शुरु गरिएको छ । कोरोना भाइरसले विश्व समुदायलाई आतङ्कित बनाइरहेको अवस्थामा स्थानिय नगरिकलाई सचेतता अपनाउन आग्रह गर्दै सतासीधाम जेसिसको आयोजनामा अभियान शुरु गरिएको हो ।

शिबसताक्षी नगरपालिका वडा न. ८ को डुडामरी, झिलझिले लगायतका बजारमा कोरोन भाइरसका लक्षण के कस्ता हुन्छन् ? यो रोबाट कसरी बच्न सकिन्छ ? भनेर नगरिकरुलाई सचेत बनाउन अभियान शुरु गरिएको सतासीधाम जेसिज वर्ष २०२० का अध्यक्ष कुमारसिङ साँवाले बताउनुभयो ।

अभियानको पहिलो दिन हिजो शनिवार विभिन्न प्लेकार्ड र ब्यानरसहित मौन र्याली गर्दै बजार परिक्रमा गरिएको थियो । त्यस्तैगरी स्थानिय राष्ट्रिय रमणीय आदर्श मा.वि.का विद्यार्थीहारुले सडक नाट्क प्रद्शन गरेका थिए ।

जेसिजले क्रमिक रुपमा नगरका विभिन्न सहर बजारमा जनचेतना कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर