आधुनिकता संगै बजारमा साईकल हराए

आधुनिकता संगै बजारमा साईकल हराए

२८ फाल्गुन, झापा । बदलिदो जीवन शैलीसंगै मान्छेको ब्यस्तता बढेको छ । ब्यस्तताले मान्छेको रोजाइ छिटो र व्यवस्थित सवारी साधनमा केन्द्रित छ । एउटा यस्तो समय थियो, साईकलको नम्बरप्लेट दिन्थ्यो गा.वि.स. र नगरपालिकाले । गाँउमा साईकल गुडाउनेको अर्काै सान थियो । गितमा पनि साईकल सुनिन्थ्यो ।

तर दशक अघि साघुँरो गल्लीदेखि फराकिला बाटोमा देखिने साइकलको लर्कोलाई मोटरसाइकल र मोटरले विस्थापित गरिदिएको छ । दमक बजारको दन्तकाली साईकल स्टोरका प्रबन्धक राजकुमार अग्रवालका अनुसार अहिले साईकलको विक्रि पुरै अन्तिम स्तरमा झरेको छ ।

साइकल बेचेर मात्र अव खाइजिविका चलाउने भन्ने त ब्यापारीको लागि पनि टाढाको कुरा भइसक्यो । साइकलको साटो घरघरमा मोटरसाईकल पुगिसकेको छ । बाटो बनिरहेको छ । अर्थात हिँडडुललाई छिटोछरितो बनाउन मोटरसाईकल र अरु सवारीका साधन प्रचलनमा अभ्यस्त बन्दै गएको हो ।

साइकल नै कुदाएपनि महँगा र गियरवाला साईकल चढन थालेकाछन् हुनेखानेहरु खासगरि शहरमा ।
इन्धन नलाग्ने, गुडाँउदा कसरत पनि हुने, खरिदगर्न अरु सवारी साधन भन्दा महँगो पनि परेन । साइकलका अनेक फाइदा । तर साईकल कम गुड्छ हिजोआज गाँउशहरमा । यसले बद्लिँदो जीवनशैलिको संकेत गरिरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर