इलामका सिमाक्षेत्रमा थप कडाई, जिल्लाका ७ स्थानमा प्रहरीको अस्थायी पोष्ट स्थापना

इलामका सिमाक्षेत्रमा थप कडाई, जिल्लाका ७ स्थानमा प्रहरीको अस्थायी पोष्ट स्थापना

२८ चैत्र, इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमण छिमेकी मुलुक भारतमा बढदै गए पछि लुकीलुकी नेपाल प्रवेश गर्ने र सिमानामा बिभिन्न अवैध गतिविधि बढ्ने भएपछि इलामको नेपाल–भारत सिमा क्षेत्रमा थप कडाई गरिएको छ । जिल्लाका ७ स्थानमा शसस्त्र प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको छ ।

लकडाउनको समयमा भारतबाट आउने क्रम नरोकिएपछि सुरक्षा सतर्कताका लागि पोष्ट स्थापना गरिएको शशस्त्र प्रहरीले जनाएको छ । छिमेकी मुलुक भारतसंग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाको जिर्मले, सूर्याेदय नगरपालिकाको समाल्बुङ्ग, छब्बिसे, हिले, मानेभञ्ज्याङ्ग, माईजोगमाई गाउँपालिकाको मेघमा र सन्दकपुर गाउँपालिकाको जौबारीमा अस्थायी सुरक्षा पोष्ट राखिएको सशस्त्र प्रहरी बल १ नम्बर गण हेडक्वाटर इलामका प्रहरी उपरीक्षक रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानियहरुका अनुसार लकडाउनको समयमा पनि लुकिछिपि नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन् । गत चैत्र १९ गते भारतको सुकिया र मानेभञ्ज्याङबाट भागेर पशुपतीनगर आउँदै गर्दा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई सँगको समन्वयमा स्वास्थ्य परीक्षण गराई गाउँमा गएर १४ दिन क्वारेन्टाईनमा बस्ने सर्तमा पठाईएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर