कोरोना सङ्क्रमित नर्ससंग सम्पर्कमा आएका १९ जनाको स्वाब संकलन

कोरोना सङ्क्रमित नर्ससंग सम्पर्कमा आएका १९ जनाको स्वाब संकलन

१ जेष्ठ, सुनसरी । भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी सुनसरीकी नर्सको परिवार सहित १९ जनाको स्वाव संकलन गरिएको छ ।
सुनसरीबाट भक्तपुर पुगेकी २५ वर्षीय आरोग्य अस्पतालकी स्टाफ नर्स हुन् ।

उनिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारका सदस्यहरुको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि पठाईएको छ । सुनसरीको रामधुनी नगरपालिका घर भएकी उनको परिवारलाई सम्पर्क गरेर स्वाव लिईएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार अहिले सम्म उनका घर परिवार ४ जना, उनलाई मोटरसाइकलमा पुर्याउने भुपु प्रहरीका ११ जना परिवार, दिदी, भिनाजु, भान्जा, दिदीको देवर गरी जम्मा क्लोज कन्ट्याक्टका ११ जना र सम्पर्कमा आएका अरू ९ जना गरी १९ जनाको जिल्ला अस्पताल सुनसरीमा थ्राट स्वाब संकलन गरिएको छ ।

एक अर्काको सम्पर्कका आएकाहरु समेत पहिल्याउने काम भैरहेको सुनसरी प्रशासनका अनुसार कोरोना संक्रमित भेटिएकी महिला दिदीको घरमा समेत बसेको पाइएको छ । संक्रमितकी दिदी रामधुनी नगरपालिकाको वडा सचिव हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270