झापाका २७ जना कोरोना संक्रमितलाई वीपी प्रतिष्ठानले ११ घण्टा पछि मात्रै भर्ना गर्यो

झापाका २७ जना कोरोना संक्रमितलाई वीपी प्रतिष्ठानले ११ घण्टा पछि मात्रै भर्ना गर्यो

१७ जेष्ठ, सुनसरी । कोरोना संक्रमण पुष्टि भएका झापाका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ११ घण्टा पछि मात्रै भर्ना लिएको छ ।

हिजो राती १० बजे नै प्रतिष्ठान आइपुगे पनि प्रतिष्ठानले भर्ना लिन नमानेपछि संक्रमितहरु रातभर गाडीमा नै बसेका थिए । शैचालय गर्ने ठाउँ पनि नपाएर आइसोलेसन वार्ड बाहिरै परिसरमा नै गएर शैचालय गरेको उनिहरुले बताएका छन् ।

सो जानकारी पाउन वित्तीकै आज बिहान प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठान आएर घटनाबारे सोधखोज गर्नुभएको थियो । सोधखोज पछि मात्र करिब ९ बजेतिर संक्रमितहरुलाई आइसोलेसन वार्डमा लगिएको थियो ।

मन्त्री घिमिरेले झापाका संक्रमितहरुलाई धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेड खाली नै भएकोले उपचारको लागी पठाएको बताउनुभयो ।

उहाँले किन संक्रमितलाई भर्ना गरिएन भन्ने बारे प्रतिष्ठानका पदाधिकारीहरुसँग आफुले जवाफ मागेको भन्दै फेरी गल्ती दोहोरीए कारवाही गरिने बताउनुभयो । उहाँले बिहिबार मात्रै अनलाइन बैठकमा वीपीका पदाधिकारीले २ सय बेड तयार छ भनेको पनि बताउनुभयो ।

संक्रमित २७ जना किन भर्ना नलिएको भनेर आफु अचम्मित परेको उहाँले गृहखबरलाई सुनाउनुभयो ।

आज बिहान ९ बजेतिर संक्रमित सबैलाई विपिको आइसोलेनमा राखि सकिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर