१६ जेष्ठ, झापा । झापाको भद्रपुर नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ ।
भद्रपुर नगरपालिका ५ स्थित शङ्कर टोल बस्ने ३७ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेनटाइनमा बसेका उनी जेष्ठ ७ गते भारतको मुजफरपुरबाट आएका थिए ।
भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो । क्वारेनटाइनमा बसेका उनको स्वाब सङ्कलन गरी पीसीआरका लागि कोसी अस्पताल विराटनगरको प्रयोगशालामा पठाएको थियो । पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनसभयो ।
बिहीबार मात्रै झापाको कचनकवलमा २५ जनामा संक्रमण पुष्टि भएको थियो ।