सुनसरीका पत्रकारको उपचारमा नोवेल अस्पतालले ५० प्रतिशत छुट दिने

सुनसरीका पत्रकारको उपचारमा नोवेल अस्पतालले ५० प्रतिशत छुट दिने

२३ जेष्ठ, सुनसरी । नोबेल अस्पताल विराटनगरले सुनसरीका पत्रकारहरुको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको हो ।

प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडियामा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउँनेछन ।

उहाँले भन्नुभयो ‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिशत छुट गर्ने सम्झौता भएको छ । उपचार गराउँन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’
उपचारमा छुटका लागि अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राई र प्रेस युनियनका तर्फबाट अध्यक्ष अधिकारीले हस्ताक्षर गरी सम्झौता गर्नुभएको छ ।

सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौँ भनेर यो सम्झौता गरिएको बताउनुभयो । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने उहाँले बताउनुभयो ।

बुधबारबाट लागूहुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एकबर्षपछि नविकरण समेत हुने बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर