२३ जेष्ठ, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अव्जरभेसन वार्डमा उपचार गर्न आएका एक बच्चा कोरोना संक्रमित पाईएपछि वार्डमा आवाजात बन्द गरिएको छ ।
१० वर्षीय बच्चाको खुट्टामा फ्याक्चर भएर उपचारका लागि प्रतिष्ठानमा ८ दिन अघि ल्याइएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार वच्चाको खुट्टाको अप्रेसन गर्नुपर्ने भएकोले अप्रेसन पूर्व पिसिआर परीक्षण गर्दा हिजो बेलुकी बच्चाको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।
उनको उपचारमा के कति चिकित्सक तथा नर्सहरू संलग्न थिए भनेर ट्रेसिङ भइररहेकोले अहिले अर्थो अब्जरभेसन वार्डमा आवतजावत बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।
कोरोना पोजेटिभ रिपोर्ट आएपछि वच्चालाई गएरातिनै आइसोलेसन वार्डमा सिफ्टीङ गरिएको प्रतिष्ठानले जनाएको छ । सङ्क्रमित बच्चा धरान बाहिरका हुन् ।
किटनाशक छर्केर वार्डलाई पुरै सफा गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेशकुमार सापकोटाले जानकारी दिनुभयो ।