प्रदेश-१ को कोरोना उपचार केन्द्रबाट थप २७ जना डिस्चार्ज हुँदै

प्रदेश-१ को कोरोना उपचार केन्द्रबाट थप २७ जना डिस्चार्ज हुँदै

२२ जेष्ठ, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट थप २७ जनाले कोरोना जितेका छन् ।

कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाले एकै पटक कोरोना जितेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्रले जानकारी दिनुभयो ।

कोरोनामुक्त भएकाहरूलाई बिहीबार डिस्चार्ज गर्ने प्रदेश १ सकारले तयारी गरेको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका डाक्टर दीपक सिग्देलका अनुसार ३० जनाको परीक्षण गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुँदैछन् । उनीहरु मध्ये ६ जना महिला र २२ जना पुरुष छन ।

यो सँगै प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या ७५ पुगेको छ ।

यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर