१ अश्विन, झापा । दमकका क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य शुरक्षका लागि मास्क वितरण गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी र पूर्वप्रेस संयोजक चेतन अधिकारीद्धारा पत्रकारहरुलाई १०० थान एन ९५ मास्क पत्रकार मञ्च दमक मार्फत वितरण गरिएको हो ।
त्यस्तै स्थानीय व्यवसायी दयासागर आचार्य र सुमन काफ्लेद्धारा दुई सय थान सर्जिकल माक्स र ९ थान एन ९५ मास्क मञ्चलाई प्रदान गरिएको छ ।
क्रियाशील पत्रकारहरुलाई कोरोनाको संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने हेतुले मास्क उपलब्ध गराइएको पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालले जानकरी दिनुभयो ।