७० दशमलव ६ प्रतिशत सङ्क्रमित निको भए, मृतकको सङ्ख्या ४५ पुग्यो

१० श्रावण, काठमाण्डौँ । आज थप एक सय ६ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज एक सय ६ जना सङ्क्रमण मुक्त भएपछि सङ्क्रमण मुक्त हुनेको कूल सङ्ख्या १३ हजार ५३ पुगेको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार हालसम्म ७० दशमलव ६ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् । आज थप एक सय नौ जनामा..

काँकडभिट्टा नाकामा खटिएका १८ जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि

१० श्रावण, झापा । झापाको पूर्वी नाका काँकडभिट्टामा खटिएका थप १८ जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि दुई जना सशस्त्रमा कोरोना पुष्टि भएपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षणका लागि धरान पठाइएकोमा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरिक्षक जीवन चौलागाईले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएकाहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गुल्म हेकुवा राजश्व तथा भन्सार..

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो, एक विदेशी नागरिक पनि

७ श्रावण, काठमाण्डौँ । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि गरेको हो । मृत्यु हुने एक चिनियाँ नागरिक र धनुषाका एक पुरुष छन् । आज विहान ४९ वर्षीया चिनियाँ महिलाको काठमाडौंमा मृत्यु भएसँगै नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट विदेशीको मृत्यु भएको छ । यसैगरी, हिजो साँझ धनुषाका ६० वर्षीय पुरुषको मृत्यु भएको आज स्वास्थ्य मन्त्रालयले..

नेपालमा आज एक सय ५० जना कोरोना संक्रमित थपिए

६ श्रावण, काठमाण्डौँ । नेपालमा आज १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या १७ हजार ९ सय ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । हालसम्म १२ हजार ४ सय ७७ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ५ हजार ४ सय ७७ जना उपचाररत छन् । यस्तै नेपालमा कोरोनाभाइरस संक्रमण निको..

इलाममा आज दुईजनामा कोरोना संक्रमण पुष्टि

६ श्रावण, इलामम । इलाममा आज दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाको क्वारेन्टिनमा खटिएका ३३ र ३७ वर्षिय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालले बताउनुभयो । ४० जनाको पिसिआर परिक्षण गरिएकोमा दुईजनाको रिपोट पोजेटिभ आएको जनाइएको छ । उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको जनाइएको छ । यो सँगै इलाममा संक्रमितको संख्या २६ पुगेको छ । संक्रमित मध्ये..

कोरोना संक्रमितको संख्या कुन प्रदेशमा कति पुग्यो ?

५ श्रावण, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता..

नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुग्यो

४ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसअनुसार काठमाडौंका १ र ललितपुरका २ गरी थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल..

मेची नेत्रालय आँखा अस्पताले सुरु गर्यो दमक शखाबाट आफ्नो सेवा

३ श्रावण, झापा । मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाले दमकमा पनि आफ्नो शाखा स्थापन गरेको छ । अस्पतालले शुक्रबार देखि दमक शाखामार्फत आफ्नो सेवा सुरू गरेको छ । विगत १४ वर्ष देखि नेपालको पूर्वीनाका काँकरभिट्टामा सेवा प्रदान गर्दै आएको नेत्रालयले आम नागरिकहरुमा थप गुणस्तरीय र बिस्तारित सेवा प्रदान गर्ने उद्देश्यका साथ दमक शाखाको स्थापना गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा. शरदचन्द्र प्रकाश राईले बताउनुभयो । मेची नेत्रालय दमक शाखामा सेवाग्राहीहरूले डा...

झापाका १३ सहित प्रदेश–१ का २४ संक्रमित कोरोनामुक्त

२ श्रवाण, विराटनगर । प्रदेश–१ का २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको मन्त्रालयले..

नेपालमा कोरोना संक्रमित संख्या ५ हजार ८७१ पुग्यो

२ श्रवण, काठमाण्डौँ । नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ । नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् । थप संक्रमितमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका ३, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौतहटका ८, सिन्धुलीका १, काभ्रेका १, काठमाडौँका १, पाल्पाका १, लम्जुङका २२,..