मेची नेत्रालय आँखा अस्पताले सुरु गर्यो दमक शखाबाट आफ्नो सेवा

मेची नेत्रालय आँखा अस्पताले सुरु गर्यो दमक शखाबाट आफ्नो सेवा


३ श्रावण, झापा । मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाले दमकमा पनि आफ्नो शाखा स्थापन गरेको छ । अस्पतालले शुक्रबार देखि दमक शाखामार्फत आफ्नो सेवा सुरू गरेको छ ।

विगत १४ वर्ष देखि नेपालको पूर्वीनाका काँकरभिट्टामा सेवा प्रदान गर्दै आएको नेत्रालयले आम नागरिकहरुमा थप गुणस्तरीय र बिस्तारित सेवा प्रदान गर्ने उद्देश्यका साथ दमक शाखाको स्थापना गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा. शरदचन्द्र प्रकाश राईले बताउनुभयो ।

मेची नेत्रालय दमक शाखामा सेवाग्राहीहरूले डा. राईको नेतृत्वमा आँखाको दैनिक परिक्षण साथै दैनिक सल्यक्रिया सेवा समेत प्राप्त गर्नेछ ।

दमक लगायत विभिन्न स्थानहरूमा लामो समय देखि आँखाको उपचार सेवा प्रदान गर्दै आउनुभएका ६ जनाको समुहले दमक शाखाको स्थापना गरेका हुन् । स्वास्थ्य बिमा कार्यक्रम सहित आफ्नो सेवा सुरू गरिएको अस्पतालले जनाएको छ ।

पूर्वीनाका काकरभिट्टाबाट मेची नेत्रालयले नेपालसँगै छिमेकी राष्ट्र भारत, भुटान बंगलादेश लगायत देशका नागरिकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
अस्पतालको दमक शाखामार्फत हाल डा. राईकै नेतृत्वमा ३ जना सिनियर अप्थाल्मिक अफिसरसँगै अन्य चिकित्सक एवंम् कर्मचारी गरी १५ जनाकोे टिमले सेवा प्रदान गर्ने बताइएको छ ।

अस्पतालमा आँखा उपचारका लागि सबै किसिमका शल्यक्रिया, प्रयोगशाला औषधी एवं चश्मा पसलको समेत सुविधा रहेको प्रशासक प्रधानले बताउनु भयो ।

आँखा उपचारको लागि पूर्वमै भरपर्दाे अस्पतालको रुपमा पहिचान बनाएको मेची नेत्रालय आफ्नो स्थापनको १४ औं बर्षमा सेवारत छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर