कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो, एक विदेशी नागरिक पनि

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो, एक विदेशी नागरिक पनि

७ श्रावण, काठमाण्डौँ । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि गरेको हो । मृत्यु हुने एक चिनियाँ नागरिक र धनुषाका एक पुरुष छन् ।

आज विहान ४९ वर्षीया चिनियाँ महिलाको काठमाडौंमा मृत्यु भएसँगै नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट विदेशीको मृत्यु भएको छ ।

यसैगरी, हिजो साँझ धनुषाका ६० वर्षीय पुरुषको मृत्यु भएको आज स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले १०० जना थपिएसँगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जानकारी दिनुभयो ।

जसमध्ये १२ हजार ६८४ जना निको भएका छन् भने अब सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको गौतमले जानकारी दिनुभयो । आज थपिएका संक्रमितमा काठमाडौंका ३ जना रहेका छन् ।

आज देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर