२१ श्रावण, काठमाण्डौँ । बितेको २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ ।
उपत्यकामा संक्रमित बढेः
आज काठमाडौं उपत्यकामा मात्र ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।