२० असोज, झापा । झापामा आज (मंलगबार) थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्याय झापाका अनुसार बिर्तामोड नगरपालिका वडा नं. १, ४ का ३ पुरुष, दमक नगरपालिका वडा नं १ र १० का ३ पुरुष, भद्रपुर नगरपालिका वडा नं ५ र १० का ७ पुरुष र १ महिला, अर्जुनधारा नगरपालिका वडा नं ५ का १ पुरुष, हल्दिबारी गाउँपालिका २ का २ पुरुष, बुद्धशान्ति गाउँपालिका वडा नं ४ का १ पुरुष, बाह्रदशी गाउँपालिका वडा नं ५ का १ पुरुष रहेका छन् ।
झापामा कुल संक्रमितको संख्या ९५४ पुग्दा ८३९ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या १०५ रहेकोे छ ।
झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।